शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

स्थायी राजधानी भालुबाङ पुगेर शहरी विकास मन्त्रीद्वारा पदभार ग्रहण

सबै मन्त्रालय छिट्टै सार्ने मन्त्री चौधरीको प्रतिबद्धता
शुक्रबार, २९ साउन २०७८, २२ : १२
शुक्रबार, २९ साउन २०७८

 लुम्बिनी प्रदेशका ग्रामीण तथा शहरी विकास मन्त्री डिल्ली बहादुर चौधरीले दाङको स्थायी राजधानी भालुबाङस्थित मन्त्रालय पुगेर औपचारिक रुपमा पदभार ग्रहण गरेका छन ।

पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री चौधरीले व्यवस्थित राजधानी निर्माणका लागि प्लानिङ गर्ने बताए । उनले सबै मन्त्रालय छिट्टै स्थायी राजधानी सार्ने  प्रतिबद्धता समेत जनाए । पर्यटनलाई रोजगार सङ्ग जोड्ने कामहरु आफ्नो पहिलो प्राथमिकता रहेको उनले बताए ।

पदभार ग्रहण गर्नु अघि मन्त्री चौधरीले मौरिघाट चोकमा पुगेर शहीद श्रीनारायण चौधरीको शालिकमा माल्यार्पण गरेका थिए। मन्त्री भएर चौधरी गृह जिल्ला आएका चौधरीलाई भेट्न नेता तथा कार्यकर्ताको घुइँचो लागेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप