शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नदीमा बगेर बेपत्ता भएको पाँच दिनपछि भेटियो दम्पतीको शव

शुक्रबार, २९ साउन २०७८, २१ : ४४
शुक्रबार, २९ साउन २०७८

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका त्रिवेणीस्थित उत्तरगंगा नदीमा बेपत्ता भएका दम्पतीको पाँच दिनपछि शव फेला परेको छ । साउन २४ गते पुथाउत्तरगंगा गाउँपालिका–१४ राङ्सीका ३६ वर्षीय मनिचन कामी र उनकी ३० वर्षीया श्रीमती अमृता विक उत्तरगंगा नदीमा बगेर बेपत्ता भएका थिए ।

उनीहरुको दुवैको शव फरक–फरक ठाउँमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मनिचनको शव सल्यानको बनगाडकुपिन्डे नगरपालिकास्थित भेरी नदीको किनारमा फेला परेको छ भने श्रीमती अमृताको शव रुकुम पश्चिमको सानीभेरी गाउँपालिकास्थित सानीभेरी नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार पुथाउत्तरगंगा गाउँपालिका–१२ स्थित त्रिवेणीबाट श्रीमती बगेपछि श्रीमान बचाउन नदीमा पसेका थिए । नदीमा बगेर बेपत्ता भएको पाँच दिनपछि दुवैको शव फेला परेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप