जाजरकोट र सल्यानमा ३ जनाको शव फेला
शुक्रबार, २९ साउन २०७८, २१ : ३६

जाजरकोटमा धान गोड्न भनेर घरबाट गएका दुई जनाको शव खोला किनारमा फेला परेको छ । जाजरकोट प्रहरीका अनुसार कुशेका जितबहादुर थापा र साइमल कामी मृत अवस्थामा भेटिएका हुन् । उनीहरु पाँच दिनअघि धान गोड्न भन्दै घरबाट निस्किएका थिए ।
दुवै सम्पर्कविहीन भएपछि खोजी गर्दै जाँदा शुक्रबार स्थानीय सरुगाड भन्ने खोलाको किनारमा दुवैको शव भेटिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । उता, सल्यानमा पनि एक जनाको शव भेरी नदीमा भेटिएको प्रहरीले जनाएको छ ।
वनगाड कुपिण्डे नगरपालिका–१ अन्तर्गत भेरी नदीमा शव भेटिएको हो । प्रहरीले उक्त शव दुई हप्ता अघिको हुन सक्ने अनुमान गरेको छ । मासु कुहिएको अवस्थामा फेला परेको शवको पहिचान हुन नसकेको प्रहरीको भनाइ छ । उक्त शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान पठाइएको ईलाका प्रहरी कार्यालय सल्लीबजारले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नेपालको परराष्ट्र सम्बन्ध : सङ्क्रमणकाल र प्रो. नरेन्द्रमणि दीक्षित’
-
परोपकार प्रसुति अस्पतालमा सिमुलेशन ल्याबको उद्घाटन
-
बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण
-
अवैध रूपमा भारतमा बसिरहेको आरोपमा १५ विदेशी पक्राउ, डिपोर्टको तयारी
-
प्रचण्डलाई प्रश्न– नेतृत्व कहिले छोड्नु हुन्छ ?
-
आईपीएलबाट बाहिरिए पन्जाबका तीव्र गतिका बलर लोकी फर्गुसन