२०२१ को विश्व अर्थतन्त्र : चीनभन्दा भारत अगाडि जाने प्रक्षेपण

विश्व अर्थतन्त्र सन् २०२१ मा ६.० प्रतिशतले बिस्तार हुने

person explore access_timeसाउन २९, २०७८ chat_bubble_outline0

कोभिड १९ को महामारीको चपेटामा परेको विश्व अर्थतन्त्र सन् २०२१ मा उकासिने अन्तर्राष्ट्रिय मुद्रा कोषको विश्लेषण छ । एशियामा यस वर्ष चीनको भन्दा भारतको आर्थिक वृद्धिदर बढी हुने कोषको प्रक्षेपण छ ।


चीनको अर्थतन्त्र सन् २०१९ मा ६.० प्रतिशतले बिस्तार भएकोमा सन् २०२० मा २.३ प्रतिशतमा खुम्चिएको थियो । भारतको अर्थतन्त्र सन् २०१९ मा ४.० प्रतिशतले विस्तार भएकोमा सन् २०२० मा ७.३ प्रतिशतले संकुचन भएको थियो । सन् २०२१ मा चीनको आर्थिक वृद्धि ८.१ प्रतिशत र भारतको ९.५ प्रतिशत रहने कोषको प्रक्षेपण छ ।



विकासशील देशको आर्थिक वृद्धि राम्रो



सन् २०२० मा ३.२ प्रतिशतले संकुचन भएको विश्व अर्थतन्त्र सन् २०२१ मा ६.० प्रतिशतले बिस्तार हुने कोषको अनुमान छ । सन् २०१९ मा विश्व अर्थतन्त्र २.८ प्रतिशतले बिस्तार भएको थियो । त्यसैगरी,  सन् २०२० मा ४.६ प्रतिशतले संकुचन भएको विकसित मुलुकहरूको अर्थतन्त्र सन् २०२१ मा ५.६ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरिएको छ ।

त्यसैगरी, सन् २०२० मा २.१ प्रतिशतले संकुचन हुने अनुमान रहेको उदीयमान तथा विकासशील अर्थतन्त्र सन् २०२१ मा ६.३ प्रतिशतले बिस्तार हुने प्रक्षेपण छ । सन् २०१९ मा विकसित अर्थतन्त्र र उदीयमान तथा विकासशील अर्थतन्त्रको वृद्धिदर क्रमशः १.६ प्रतिशत र ३.७ प्रतिशत रहेको थियो ।

सन् २०२० मा विकसित मुलुकहरूको मुद्रास्फीति ०.७ प्रतिशत रहेकोमा सन् २०२१ मा २.४ प्रतिशत रहने कोषको प्रक्षेपण छ । उदीयमान तथा विकासशील मुलुकहरूको मुद्रास्फीति सन् २०२० मा ५.१ प्रतिशत रहेकोमा सन् २०२१ मा ५.४ प्रतिशत रहने प्रक्षेपण छ ।

सन् २०२० मा विश्व व्यापार आयतन ८.३ प्रतिशतले संकुचन भएकोमा सन् २०२१ मा ९.७ प्रतिशतले बिस्तार हुने प्रक्षेपण छ । सन् २०२० मा पेट्रोलियम पदार्थको मूल्यमा ३२.७ प्रतिशतले कमी आएकोमा सन् २०२१ मा ५६.६ प्रतिशतले वृद्धि हुने प्रक्षेपण छ ।

कोभिड–१९ महामारीले गर्दा एकातर्फ अधिकांश मुलुकहरुमा राजस्व परिचालन संकुचित भएको छ भने अर्कोतर्फ सार्वजनिक खर्चमा भएको बढोत्तरीका कारण कुल गार्हस्थ्य उत्पादनसँग सार्वजनिक ऋणको अनुपात विश्वव्यापीरूपमा बढेको छ ।

सन् २०१९ मा यस्तो अनुपात ८३.७ प्रतिशत रहेकोमा सन् २०२० मा ९७.३ प्रतिशत पुगेको छ । कोभिड–१९ महामारीबाट प्रभावित अर्थतन्त्रको पुनरुत्थानका लागि केन्द्रीय बैंकहरुले लचिलो मौद्रिक नीति अवलम्बन गर्दै परिमाणात्मक सहजीकरण, पुनरुत्थान लक्षित सम्पत्ति खरिद, पुनरकर्जा एवम् दीर्घकालीन तरलता सुविधा जस्ता उपकरणहरु प्रयोगमा ल्याएका छन् ।

यस्ता उपकरणहरुको प्रयोगबाट केन्द्रीय बैंकहरुको वासलातको आकार वृद्धि हुनुका साथै मौद्रिक बिस्तार उल्लेख्य भएको छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।