कर्णाली प्रदेशमा थप ९७ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

कर्णाली प्रदेशमा शुक्रबार थप ९७ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पुष्टि भएको छ । ७६ जनामा गरिएको आरटी–पीसिआर विधिको कोरोना परीक्षणका क्रममा ४४ र २१७ जनामा गरिएको एन्टिजेन विधिको कोरोना परीक्षणका क्रममा ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
जसमध्ये सुर्खेतमा सबैभन्दा धेरै ४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यस्तै रुकुम पश्चिममा २३, कालिकोटमा ८, सल्यानमा ७, मुगुमा ४, हुम्लामा ३ र अन्य २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।
यस्तै शुक्रबार ६५ जनाले कोरोना भाइरसको संक्रमणलाई जितेर डिस्चार्ज भएका छन् । यस्तै प्रदेशमा सक्रिय संक्रमितको संख्या शुक्रबार बढेर पुन ९०२ मा उक्लिएको छ । बिहीबार संक्रमित हुनेभन्दा डिस्चार्ज हुनेको संख्या धेरै भएकाले सक्रिय संक्रमितको संख्यामा केही कमी आए पनि शुक्रबार पुनः बढेको हो ।
यस्तै सुर्खेतमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । यो सँगै कर्णालीमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३५८ जना पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाडाको घरमा बस्दा वास्तुबारे के–के ख्याल गर्नुपर्छ ?
-
सीमा क्षेत्रका स्थानीयलाई प्रवेश पास प्रदान
-
कमलबजारमा ‘हवैजहाज’ त उड्यो, चलेन बिजुलीपङ्खा
-
बुद्धका विचारको महत्त्व संसारभर झन् बढिरहेको छ : प्रधानमन्त्री ओली
-
पहलगाम हमलाको निष्पक्ष अनुसन्धानमा सहयोग गर्न पाकिस्तान तयार
-
नेपालको क्रिकेटसँग जोडिन पाउँदा निकै उत्साहित छु : नवनियुक्त प्रशिक्षक स्टुअर्ट ल