बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेशमा थप ९७ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

शुक्रबार, २९ साउन २०७८, २० : २२
शुक्रबार, २९ साउन २०७८

कर्णाली प्रदेशमा शुक्रबार थप ९७ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पुष्टि भएको छ । ७६ जनामा गरिएको आरटी–पीसिआर विधिको कोरोना परीक्षणका क्रममा ४४ र २१७ जनामा गरिएको एन्टिजेन विधिको कोरोना परीक्षणका क्रममा ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । 

जसमध्ये सुर्खेतमा सबैभन्दा धेरै ४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यस्तै रुकुम पश्चिममा २३, कालिकोटमा ८, सल्यानमा ७, मुगुमा ४, हुम्लामा ३ र अन्य २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । 

यस्तै शुक्रबार ६५ जनाले कोरोना भाइरसको संक्रमणलाई जितेर डिस्चार्ज भएका छन् । यस्तै प्रदेशमा सक्रिय संक्रमितको संख्या शुक्रबार बढेर पुन ९०२ मा उक्लिएको छ । बिहीबार संक्रमित हुनेभन्दा डिस्चार्ज हुनेको संख्या धेरै भएकाले सक्रिय संक्रमितको संख्यामा केही कमी आए पनि शुक्रबार पुनः बढेको हो । 

यस्तै सुर्खेतमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । यो सँगै कर्णालीमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या  ३५८ जना पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप