काँग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यद्वारा सामूहिक राजीनामाको चेतावनी
काठमाडौं । नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् । शुक्रबार केन्द्रीय समिति बैठकमा आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक रुपमा राजीनामाको चेतावनी दिएको केन्द्रीय सदस्य योगेन्द्र चौधरीले रातोपाटीलाई जानकारी दिए ।
पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य स्वतः महाधिवेशन आउने प्रावधान आमन्त्रित केन्द्रीय सदस्यको हकमा लागू नभएको भन्दै उनीहरुले सामूहिक राजीनामाको चेतावनी दिएका हुन् ।
आमन्त्रित केन्द्रीय सदस्य किरणराज पौडेलले आफूहरुका माग पुरा नभए राजीनामा दिने चेतावनी दिएको बताए ।
पौडेलले भने, 'नेपाली काँग्रेसका केन्द्र, जिल्ला, क्षेत्रका लागि स्वतः प्रतिनिधि हुन पाउने व्यवस्था लागु गर्नुपर्यो भनेर हामीले कुरा गरेका थियौं । त्यो लागु भएन भने हामी सामुहिक दिन्छौं भनेका हौं । तपाइलाई मन लागेका मान्छे राख्नुस् भनेका हौं ।'
काँग्रेसमा नन्दनकुमार दत्त, कुमार खड्का, बालकृष्ण पाण्डेय, आनन्द (गोरखा विष्ट, नरेन्द्रकुमार चौधरी, हसन अन्सारी, किरणराज शर्मा पौडेल, रमा कोइराला पौडेल, कृष्णकिशोर घिमिरे, गोपालकुमार बस्नेत, सुधीरकुमार शिवाकोटी र मनोहरनारायण श्रेष्ठ आमन्त्रित केन्द्रीय सदस्य छन् ।
यस्तै ध्रुव वाग्ले , मोहनसिंह राठौर, शम्भुलाल श्रेष्ठ,अभिषेख प्रताप शाह, दयाराम पाण्डे, जनकराज कलौनी, भूमिबहादुर गुरुङ, दिलीप राई, आशाराम चौधरी र राजेन्द्रबहादुर सिंह गरी काँग्रेसमा २२ जना आमन्त्रित केन्द्रीय सदस्य छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण