वीरगञ्जमा शाओमीको सेवा केन्द्र
शुक्रबार, २९ साउन २०७८, १८ : ५३
काठमाडौं । शाओमीले वीरगञ्जमा आफ्नो सेवा केन्द्र संचालनको घोषणा गरेको छ ।
वीरगन्जको आदर्शनगरमा शाओमीले सेवा केन्द्र संचालन गरी बिक्री पछिको सेवालाई अझ सुदृढ बनाएको जनाएको छ ।
शाओमीका अन्य सेवा केन्द्रहरु काठमाडौँ, पोखरा, नेपालगन्ज, नारायणघाट, धनगढी, बुटवल र इटहरीमा रहेका छन् ।