शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

अब कोरियाबाट फर्केका नेपालीले ब्यवसाय संचालनका लागि पाउनेछन् सहुलियत कर्जा

शुक्रबार, २९ साउन २०७८, १८ : २३
शुक्रबार, २९ साउन २०७८

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले कोरियाबाट फर्किएर विभिन्न पेशामा संलग्न उद्यमीहरूलाई सहुलियत कर्जा उपलब्ध गराउने भएको छ । बैंकले उक्त कर्जाका लागि अंकुर नेपालसँग समझदारी गरेको छ ।

समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र अंकुर नेपालका अध्यक्ष लालप्रसाद भट्टराईले हस्ताक्षर गरेका छन् । 

कोभिड–१९ को महामारीबाट उत्पन्न समस्या तथा अन्य कारणबाट नेपाल फर्किएर कोरियामा आर्जित सीप तथा आय–आर्जनलाई स्वदेशमा व्यवसाय तथा रोजगारी श्रृजना गर्न उत्प्रेरित गर्ने उद्देश्य लिएका व्यवसायीहरुलाई सहयोग गरी पूर्ण रोजगारी र समृद्धिको दिशातर्फ अघि बढ्ने एक अभियानका रुपमा संचालन गर्न अंकुर नेपालसँग सहकार्य गरेको बैंकले जनाएको छ ।

यस समझदारीबाट वैदेशिक रोजगारीबाट सीप र अनुभव सहित स्वदेश फर्किएका युवालाई पुनःबिदेशिनु पर्ने बाध्यतालाई रोकी उद्यमशीलतासँग जोडेर विदेशबाट आर्जित सीप, अनुभव र पुँजीको स्वदेशमै सदुपयोग गर्दै स्वरोजगार बन्न सहयोग पुग्‍ने विश्वास बैंकको छ । यसका लागि बैंकले विभिन्न बैंकिङ्ग सेवा सुविधाहरु सहज तथा सहुलियत रुपमा प्रदान गर्ने पनि जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप