बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा ४७४ जनामा कोरोना संक्रमण पुष्टि, थप ९ जनाको मृत्यु

शुक्रबार, २९ साउन २०७८, १७ : ५४
शुक्रबार, २९ साउन २०७८

गण्डकी प्रदेशमा थप ४७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार २२३ जनामा गरिएको नमूना परिक्षणमा ४७४ जनामा संक्रमण देखिएको हो। संक्रमित मध्ये २३८ महिला र २३६ जना पुरुष रहेका छन् ।

प्रदेशका ८ जिल्लामा गरिएको नमूना परिक्षणमा सवै भन्दा धेरै कास्कीमा र सबैभन्दा थोरै पर्वतमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्‍चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।  उनका अनुसार कास्की १५१ बागलुङ ५१, स्याङ्जा ६१, म्याग्दी १७, पर्वत ३,गोरखा ५४, लमजुङ १८ तनहुँमा १७ र नवलपुरमा ६५ जनामा संक्रमण देखिएको हो। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७४ हजार ९८९ पुगेको छ ।

गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत ९ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–१४ का ७५ वर्षीय पुरुष, पोखरा–१४ का ७९ वर्षीय पुरुष, पोखरा –८ की ३८ वर्षीय महिला र कास्की माछापुच्छ्रे–१ का २८ वर्षीय कोरोना संक्रमित पुरुष रहेका छन् । उनीहरु चारै जनाको पोखराका विभिन्न अस्पतालहरुमा उपचारका क्रममा मृत्यु भएको हो ।

त्यसैगरी गण्डकी प्रदेशका नवलपरासी पूर्व, मध्यविन्दु–७ का ४२ वर्षीय पुरुष, मध्यविन्दु–८ का ७१ वर्षीय पुरुष, तनहुँ ब्यास –४ का ८८ वर्षीय पुरुष, ब्यावस–४ की ४० वर्षीय महिला र गोरखा पालुङटार –४ की ५८ वर्षीय कोरोना संक्रमित महिलाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १७० जना पुगेको छ ।

गण्डकी प्रदेशमा हालसम्म ६७ हजार ५१६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । प्रदेशमा शुक्रबार मात्र संक्रमणमुक्त हुनेको संख्या ६०९ रहेको छ । गण्डकीमा सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार ३०३ रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप