आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

बजार पुँजीकरण १२३.७ प्रतिशतले वृद्धि

शुक्रबार, २९ साउन २०७८, १७ : ४७
शुक्रबार, २९ साउन २०७८

नेपाल राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तसम्म बजार पुँजीकरण १२३.७ प्रतिशतले वृद्धि भएको उल्लेख छ । २०७७ असार मसान्तमा १,३६२.४ रहेको नेप्से सूचकाङ्क २०७८ असार मसान्तमा २,८८३.४ कायम भएको छ । 
त्यसैगरी बजार पुँजीकरण २०७७ असार मसान्तमा रु. १,७९२ अर्ब ७६ करोड रहेकोमा २०७८ असार मसान्तमा १२३.७ प्रतिशतले वृद्धि भई रु. ४,०१० अर्ब ९६ करोड कायम भएको मौद्रिक नीतिमा उल्लेख छ ।

आर्थिक वर्ष २०७७/७८ मा नेपाल धितोपत्र बोर्डले रु. २३ अर्ब ४ करोड बराबरको ऋणपत्र, रु. १५ अर्ब १८ करोड बराबरको साधारण शेयर, रु. १४ अर्ब ५ करोड बराबरको हकप्रद शेयर र रु. ९ अर्ब ४० करोड बराबरको म्युचुअल फण्ड गरी कुल रु. ६१ अर्ब ६७ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशन गर्न अनुमति दिएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा १६ वाणिज्य बैंक, ४ विकास बैंक र १ वित्त कम्पनी गरी २१ बैंक तथा वित्तीय संस्थाहरुले रु. ६९ अर्ब ६० करोडको ऋणपत्र निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका छन् । २०७८ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट ऋणपत्रमार्फत् रु.१०० अर्ब ३८ करोड वित्तीय साधन परिचालन भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप