आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

कर्जाको भुक्तानी अवधि ६ महिनादेखि २ बर्षसम्म म्याद थप

शुक्रबार, २९ साउन २०७८, १७ : ४५
शुक्रबार, २९ साउन २०७८

सरकारले कोभिड–१९ का कारण कर्जाको साँवा र ब्याज भुक्तानी गर्न समस्यामा परेका ऋणीहरूका लागि कर्जा भुक्तानी अवधि थप गर्ने व्यवस्थाअनुसार १९ हजार ७८६ ऋणीको जम्मा रु. ९३ अर्व ६३ करोड कर्जाको भुक्तानी अवधि थप गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत कर्जाको भुक्तानी अवधि ६ महिनादेखि २ बर्ष कर्जा भुक्तानीको म्याद थप गर्ने जनाएको हो । जसमध्ये, न्यून प्रभावित विभिन्न पेशा, उद्योग र व्यवसायका ७,६८८ ऋणीको रु. ३० अर्ब ३ करोड कर्जाको भुक्तानी अवधि ६ महिना, मध्यम प्रभावित ७,८८७ ऋणीको रु. २८ अर्ब २७ करोड कर्जाको भुक्तानी अवधि ९ महिना र अति प्रभावित ४,०१२ ऋणीको रु. १४ अर्ब ४७ करोड कर्जाको भुक्तानी अवधि १ वर्ष थप भएको छ ।

‘कोभिड–१९ बाट अति प्रभावित पर्यटन लगायत तोकिएका उद्योग व्यवसाय क्षेत्रका १९९ ऋणीको रु. २० अर्ब ८६ करोड कर्जाको भुक्तानी अवधि २ वर्षको लागि थप भएको छ’, सार्वजनिक मौद्रिक नीतिमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप