स्थानीय तहमा पठाइएका ३४ कर्मचारीलाई संघमा समायोजन गर्न सर्वोच्चको अन्तरिम आदेश
संघमा दरबन्दी हुँदाहुँदै स्थानिय निकायमा पठाइएका कर्मचारीलाई संघमै समायोजन गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । शुक्रबार न्यायाधीश तेजबहादुर केसी र कुमार चुडालले सो आदेश गरेका हुन् ।
संघ रोजेकालाई दरबन्दी हुँदाहुँदै स्थानीय निकायमा समायोजनमा पठाइएका ३४ जना कर्मचारीलाई अदालतले संघमै समायोजन गर्न भनेको छ ।
संघमा कार्यरत कर्मचारीले २०७५ मा समायोजन गर्दा ‘संघमा बस्न पाउँ’ भनेर निवेदन दिएका थिए । तर, सरकारले उनिहरुलाई दरबन्दी नभएको भन्दै स्थानिय निकायमा समायोजन गरेको थियो । पछि, २०७६ मंसिर र २०७७ मंसिरमा समायोजन भएपछि रिक्त पदमा विज्ञापन प्रकाशन गरिएको थियो । विज्ञापन प्रकाशनपछि ३४ जना कर्मचारी ‘हामीले संघ रोजेका थियौं स्थानिय तहमा पठाएर हाम्रो अधिकार हनन भयो’ भन्दै अदालत गएका थिए ।
सर्वोच्चको आदेशमा भनिएको छ– ‘मुद्दाको अन्तिम टुंगो नलागेसम्म निवेदकहरूको पद संख्यामा पदपूर्ति नगरी सो पदमा निवेदनहरूलाई कर्मचारी समायोजन ऐन, २०७५ अनुसार संघमा समायोजन गर्न कारवाही गर्न गराउन अन्तरिम आदेश जारी गरिदिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबिच समझदारीपत्रमा हस्ताक्षर
-
‘पोखरा–छेन्दु उडान नियमित गर्न सबैको सहयोग आवश्यक’
-
वायु प्रदूषण न्यूनीकरणका लागि तत्काल कदम चाल्न सरकारको ध्यानाकर्षण
-
तीनकुनेको प्रदर्शनमा ट्राफिक लाइट फुटाएको आरोपमा एक जना युवक पक्राउ
-
१० बजे १० समाचार : भैरहवा कारागारको ४ नम्बर ब्लकमा रविदेखि माओवादीको ८ बुँदे सर्कुलरसम्म
-
सामुदायिक वनभित्र महिलाको शव फेला