आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

आयात २८.७ प्रतिशतले वृद्धि, निर्यात ४४.४ प्रतिशतले

शुक्रबार, २९ साउन २०७८, १७ : २२
शुक्रबार, २९ साउन २०७८

आर्थिक वर्ष २०७७/७८ मा आयात २८.७ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । आर्थिक वर्ष २०७७/७८ मा निर्यात ४४.४ प्रतिशतले बढेर रु. १४१ अर्ब १२ करोड र आयात २८.७ प्रतिशतले बढेर रु. १,५३९ अर्ब ८४ करोड पुगेको मौद्रिक नीतिमा उल्लेख छ । यस अवधिमा वस्तु व्यापार घाटा २७.३ प्रतिशतले बढेको छ । 

वैदेशिक व्यापार, विप्रेषण आप्रवाह र शोधनान्तर स्थिति शीर्षकमा आर्थिक वर्ष २०७६/७७ मा चालु खाता घाटा रु. ३३ अर्ब ७६ करोड र शोधनान्तर बचत रु. २८२ अर्ब ४१ करोड रहेको तुलनामा समीक्षा वर्षमा चालु खाता घाटा रु. ३३३ अर्ब ६७ करोड र शोधनान्तर बचत रु. १ अर्ब २३ करोड रहेको बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप