पर्यटन प्रवर्धनमा जोड दिँदै लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सको साधारण सभा सम्पन्न
बुटवल । लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सको प्रथम साधारण सभा तथा अधिवेशन बुटवलमा सम्पन्न भएको छ । उक्त साधारण सभाले लुम्बिनी चेम्बर अफ कमर्सको १६ जना कार्य समिति मध्ये १२ जना सदस्य समेत चयन गरेको छ ।
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले निर्विरोध निर्वाचित सदस्यहरुलाई प्रमाणपत्र वितरण गर्दै अवको दिनमा आयातित ब्यापारलाई निरुत्साहित गरी उत्पादनमुखि अर्थतन्त्रमा ध्यान दिन आग्रह गरे ।
त्यसैगरी, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले लुम्बिनी प्रदेशमा रहेको बुद्ध भूमिको अन्तर्राष्ट्रिय प्रचार प्रसार गरी पर्यटन प्रवर्धन गर्न जरुरी रहेको बताए ।
उनले लुम्बिनीको उनन्तिस प्रतिशत भूभाग कृषि योग्य रहेको र यसको समुचित प्रयोग गरी कृषिमा जोड गरी आत्मनिर्भर हुनुपर्नेमा जोड दिए । उनले कृषिमा आधारित उद्योग ब्यवसायको विकास र निर्यातमुखि ब्यवसाय संचालन गर्न सबै तहका चेम्बरहरूको ध्यान जाने कुरामा आफु विश्वस्त रहेको बताए ।
लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष टंक प्रसाद पोखरेल र लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले निर्विरोध निर्वाचित सदस्यहरुलाई प्रमाणपत्र वितरण गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनजीविका र राष्ट्रिय मुद्दामा समाजवादी मोर्चा निष्प्रभावी
-
उमर खालिदले दिल्लीको अदालतबाट पाए अन्तरिम जमानत
-
‘नेपाल टेलिकमले ५ हजारसम्मको उपहार दिन्छ भन्ने सूचना झुटो’
-
बैंकर्सलाई गभर्नरको सहानुभूतिपूर्ण सन्देश, ‘हिजो ध्यान दिएको भए आजको अवस्था आउँदैनथ्यो’
-
धनगढीमा ‘बजाज प्लाटिनाको माइलेज च्याम्पियन’ हुने
-
नेपालीले एकदिनमा कति खान्छन् राँगा र भैँसीको मासु ?