बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना महामारीबीच पनि बढ्यो रेमिट्यान्स

विदेशी विनिमय सञ्चिति १ हजार ३९९ अर्ब रुपैयाँ
शुक्रबार, २९ साउन २०७८, १७ : १७
शुक्रबार, २९ साउन २०७८

कोरोना महामारीका बीच पनि नेपालमा रेमिट्यान्स आप्रवाहमा वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । शुक्रबार सार्वजनिक मौद्रिक नीतिमा विप्रेषण आप्रवाह ९.८ प्रतिशतले वृद्धि भई रु. ९६१ अर्ब ५ करोड पुगेको उल्लेख छ ।
त्यस्तै, २०७८ असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति रु. १३९९ अर्ब ३ करोड (अमेरिकी डलर ११ अर्ब ७५ करोड) रहेको राष्ट्र बैंकले जनाएको छ । आर्थिक वर्ष २०७७/७८ को आयातलाई आधार मान्दा विदेशी विनिमय सञ्चिति ११.२ महिनाको वस्तु तथा १०.२ महिनाको वस्तु र सेवा आयात धान्न पर्याप्त हुने देखिएको छ । 

२०७७ असार मसान्तको तुलनामा २०७८ असार मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ १.१२ प्रतिशतले अधिमूल्यन भई प्रति अमेरिकी डलर खरिद दर रु. ११९.०४ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप