बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

संघीय सरकारको कूल खर्च १ हजार १८० अर्ब ९५ करोड

शुक्रबार, २९ साउन २०७८, १७ : ०६
शुक्रबार, २९ साउन २०७८

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ मा संघीय सरकारले १ हजार १८० अर्बभन्दा बढी खर्च गरेको जनाएको छ । महालेखा नियन्त्रक कार्यालयबाट २०७८ साउन १ मा प्रकाशित विवरण अनुसार आर्थिक वर्ष २०७७/७८ मा संघीय सरकारको कुल खर्च रु. १,१८० अर्ब ९५ करोड भएको राष्ट्र बैंकले जनाएको हो  । 

शुक्रबार सार्वजनिक मौद्रिक नीतिको सरकारी खर्च, राजस्व र आन्तरिक ऋण परिचालन शीर्षकमा भनिएको छ – यसमध्ये चालु खर्च रु. ८५१ अर्ब ६८ करोड, पुँजीगत खर्च रु. २२८ अर्ब ३० करोड र वित्तीय व्यवस्थातर्फको खर्च रु. १०० अर्ब ९७ करोड रहेको उल्लेख छ । त्यसैगरी राजस्व संकलन रु. ९३८ अर्ब ३२ करोड भएको छ । 

आर्थिक वर्ष २०७७/७८ मा नेपाल सरकारले कुल आन्तरिक ऋण परिचालन रु. २२४ अर्ब १ करोड र साँवा भुक्तानी रु. ३६ अर्ब ९० करोड गरी खुद आन्तरिक ऋण रु. १८७ अर्ब ११ करोड परिचालन गरेको मौद्रिक नीतिमा बताइएको छ । उक्त रकम कुल गार्हस्थ्य उत्पादनको ४.४ प्रतिशत हुन आउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप