संघीय सरकारको कूल खर्च १ हजार १८० अर्ब ९५ करोड
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ मा संघीय सरकारले १ हजार १८० अर्बभन्दा बढी खर्च गरेको जनाएको छ । महालेखा नियन्त्रक कार्यालयबाट २०७८ साउन १ मा प्रकाशित विवरण अनुसार आर्थिक वर्ष २०७७/७८ मा संघीय सरकारको कुल खर्च रु. १,१८० अर्ब ९५ करोड भएको राष्ट्र बैंकले जनाएको हो ।
शुक्रबार सार्वजनिक मौद्रिक नीतिको सरकारी खर्च, राजस्व र आन्तरिक ऋण परिचालन शीर्षकमा भनिएको छ – यसमध्ये चालु खर्च रु. ८५१ अर्ब ६८ करोड, पुँजीगत खर्च रु. २२८ अर्ब ३० करोड र वित्तीय व्यवस्थातर्फको खर्च रु. १०० अर्ब ९७ करोड रहेको उल्लेख छ । त्यसैगरी राजस्व संकलन रु. ९३८ अर्ब ३२ करोड भएको छ ।
आर्थिक वर्ष २०७७/७८ मा नेपाल सरकारले कुल आन्तरिक ऋण परिचालन रु. २२४ अर्ब १ करोड र साँवा भुक्तानी रु. ३६ अर्ब ९० करोड गरी खुद आन्तरिक ऋण रु. १८७ अर्ब ११ करोड परिचालन गरेको मौद्रिक नीतिमा बताइएको छ । उक्त रकम कुल गार्हस्थ्य उत्पादनको ४.४ प्रतिशत हुन आउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण