शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भूपू गोरखा सैनिकहरूको आन्दोलनप्रति महासंघको ऐक्यबद्धता

शुक्रबार, २९ साउन २०७८, १७ : ०३
शुक्रबार, २९ साउन २०७८

विश्व ट्रेड युनियन महासंघले भूतपूर्व गोरखा सैनिकहरूको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ । महासंघका प्रेसिडेन्सियल काउन्सिल सदस्य प्रेमकुमार खनालले आज एक विज्ञप्ति जारी गर्दै भूतपूर्व गोरखा सैनिकहरूको आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन् । विदेशी फौजमा गएर उत्कृष्ट सेवा गरेका गोरखा सैनिकहरुलाई बेलायती सरकारले पक्षपात र भेदभाव गरेको भन्दै महासंघले जुन विश्वव्यापी मानवअधिकारको घोषणा विपरित रहेको जनाएको छ ।

जारी विज्ञप्तिमा भनिएको छः ‘विदेशी फौजमा गएर आफ्नो जीवन समर्पित गरेका भूतपूर्व गोरखा सैनिकहरुले उत्कृष्ट सेजा गरे वापत भिक्टोरिया क्रसको समेत उपाधि पाएका भूतपूर्व गोरखा सैनिकहरुलाई बेलायती सैनिक फौजमा काम गरी सेवा निवृत्त भएपछि बेलायत सरकारले नेपाली भएका कारण जुन पक्षपात र भेदभाव गरेको छ । यो विश्वव्यापी मानवअधिकारको घोषणापत्र विपरित पनि छ । विश्वका जुनसुकै भागमा रहेर पनि आफ्नो हक हितका लागि सञ्चालन गर्ने न्यायोचित माग र आन्दोलनप्रति विश्व ट्रेड युनियन महासंघले समर्थन र ऐक्यबद्धता प्रकट गर्दै आएको छ । र बृटिश सेनामा काम गरे बापत बेलायती सैनिकहरुले पाए सरहको सामान सुविधाको माग राखी भूतपूर्व गोरखा सैनिकहरुले अगाडि सारेको मागप्रति समर्थन गर्दै आन्दोलनप्रति हार्दिक ऐक्यबद्धता प्रकट गर्दछु ।’ 

महासंघले  उक्त समस्या समाधानका लागि शीघ्र कुटनैतिक पहल गरी बेलायत सरकारसँग छलफल र वार्ता गरी समस्या समाधान गर्न नेपाल सरकारले पहल गर्न जरुरी रहेको समेत जनाएको छ । बेलायत सरकारले निवृत्त पछि प्रदान गर्ने पेन्सन लगायतका सेवा सुविधामा  पक्षपात र भेदभाव गरेको भन्दै भूतपूर्व गोरखा सैनिकहरुले जुलाई २१ देखि त्यहाँको प्रधानमन्त्री कार्यालय अगाडि धर्ना दिइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप