कोरोनाको दोस्रो लहरका कारण ४.०१ प्रतिशत आर्थिक वृद्धिदर चुनौतिपूर्ण : राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले केन्द्रीय तथ्याङ्क विभागले अनुमान गरेको आर्थिक वर्ष २०७७/७८ मा ४.०१ प्रतिशतको आर्थिक वृद्धि चुनौतिपूर्ण रहेको बताएको छ । आर्थिक वर्षको चौथो त्रयमासमा भएका कोरोनाको दोस्रो लहरका कारण यो हासिल गर्न चुनौतिपूर्ण देखिएको राष्ट्र बैंकको विश्लेषण छ ।
शुक्रबार जारी मौद्रिक नीतिमा समष्टिगत आर्थिक स्थितिको विश्लेषण गर्दै भनिएको छ, ‘आर्थिक वर्ष २०७६/७७ मा २.०९ प्रतिशतले संकुचनमा गएको नेपालको अर्थतन्त्र आर्थिक वर्ष २०७७/७८ मा ४.०१ प्रतिशतले बिस्तार हुने केन्द्रीय तथ्याङ्क विभागको अनुमान रहेको छ । तर चौथो त्रयमासमा भएको संक्रमणको दोस्रो लहरले यो वृद्धिदर कायम हुन चुनौतीपूर्ण देखिएको छ ।’
त्यसै गरी, आर्थिक वर्ष २०७७/७८ मा कुल गार्हस्थ्य उत्पादनसँगको कुल गार्हस्थ्य बचतको अनुपात ६.६ प्रतिशत र कुल राष्ट्रिय बचतको अनुपात ३१.४ प्रतिशत रहेको अनुमान गरिएको छ । अघिल्लो वर्ष यी अनुपातहरु क्रमशः ६.३ प्रतिशत र ३२.६ प्रतिशत थिए ।
यता, आर्थिक वर्ष २०७७/७८ मा कुल गार्हस्थ्य उत्पादनमा कुल स्थिर पुँजी निर्माणको अनुपात २७.३ प्रतिशत रहेको राष्ट्र बैंकको अनुमान छ । अघिल्लो वर्ष यस्तो अनुपात २८.४ प्रतिशत थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण