थप ३९१५ जनामा संक्रमण, २७ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९१५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । कूल १८ हजार ५८२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २७६३ र एन्टिजेन विधिबाट ११५२ जनामा संक्रमण पुष्टि भएको हो ।
हालसम्म नेपालमा पीसीआर विधिबाट ७ लाख २८ हजार ५३२ जना र एन्टिजेन विधिबाट ७४ हजार ३४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भइसकेको छ । नयाँ संक्रमित थपिएसँगै देशभर सक्रिय संक्रमितको संख्या २८ हजार ७९८ पुगेको छ । जसमध्ये ३५ हजार ५१८ जना होम आइसोलेसनमा, ३ हजार २८० जना संस्थागत आइसोलेसनमा , ७३६ जना आईसीयू र १८६ जना भेन्टिलेटरमा रहेका छन् ।
यही अवधिमा २ हजार ११८ जना निको भएका छन् । नेपालमा कूल संक्रमितमध्ये ६ लाख ७९ हजार ४९५ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९३.३ प्रतिशत रहेको छ । कोभिड–१९ को संक्रमणबाट २७ जनाको मृत्यु भएको छ । हालसम्म १० हजार २३९ जनाले ज्यान गुमाइसकेका छन् ।
पछिल्लो २४ घण्टामा थप ३ लाख ६७ हजार ३४१ जनाले खोप लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण