बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

थप ३९१५ जनामा संक्रमण, २७ जनाको मृत्यु

थप ३ लाख ६७ हजार ३४१ जनाले खोप लगाए
शुक्रबार, २९ साउन २०७८, १६ : ४५
शुक्रबार, २९ साउन २०७८

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९१५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । कूल १८ हजार ५८२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २७६३ र एन्टिजेन विधिबाट ११५२ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म नेपालमा पीसीआर विधिबाट ७ लाख २८ हजार ५३२ जना र एन्टिजेन विधिबाट ७४ हजार ३४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भइसकेको छ । नयाँ संक्रमित थपिएसँगै देशभर सक्रिय संक्रमितको संख्या २८ हजार ७९८ पुगेको छ । जसमध्ये ३५ हजार ५१८ जना होम आइसोलेसनमा, ३ हजार २८० जना संस्थागत आइसोलेसनमा , ७३६ जना आईसीयू र १८६ जना भेन्टिलेटरमा रहेका छन् ।

यही अवधिमा २ हजार ११८ जना निको भएका छन् । नेपालमा कूल संक्रमितमध्ये ६ लाख ७९ हजार ४९५ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९३.३ प्रतिशत रहेको छ । कोभिड–१९ को संक्रमणबाट २७ जनाको मृत्यु भएको छ । हालसम्म १० हजार २३९ जनाले ज्यान गुमाइसकेका छन् ।

पछिल्लो २४ घण्टामा थप ३ लाख ६७ हजार ३४१ जनाले खोप लगाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप