बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

‘इन्डियन आइडल’ को ठाउँमा ‘द कपिल शर्मा शो’ प्रसारण

शुक्रबार, २९ साउन २०७८, १५ : १७
शुक्रबार, २९ साउन २०७८

चर्चित कमेडी शो ‘द कपिल शर्मा शो’ फेरि टेलिभिजनमा प्रसारण हुने भएको छ । गायन रियालिटी शो ‘इन्डियन आइडल सिजन १२’ को स्थानमा यो शो प्रसारण हुने भएको हो । शो को पहिलो एपिसोड दर्शकले २१ अगस्टमा हेर्न पाउनेछन् ।

पछिल्लो केही दिनदेखि शोको पहिलो गेष्ट अक्षयकुमार रहने समाचार बाहिर आएको थियो । तर अहिले भने शोमा पहिलो गेष्टको रुपमा अजय देवगन देखिने भएका छन् । अजय देवगणको फिल्म ‘भुज : द प्राइड अफ इन्डिया’ १३ अगष्टमा रिलिज हुँदैछ । सोही कारण पनि उनी गेष्ट बन्न लागेका हुन् । कपिलले पहिलो एपिसोड प्रसारण अगाडि ४ भाग समेत तयार गर्दैछन् ।

कपिलले हालै सामाजिक सञ्जालमा शोको सेटका केही तस्बिर शेयर गरेका छन् । जसमा १० स्टार किराना पसल, होटल चिल प्यालेस र बैंक आफ बगोडा जस्ता बिषय सेटमा समेटिएको देख्न सकिन्थ्यो । फिल्म ‘भुज’ प्रचारका लागि शोमा अजय देवगनको अलवा नोरा फतेही, एमी विर्क र शरद केलकर समेत देखिनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप