साउन ३२ गतेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित
प्रतिनिधिसभाको बैठक आगामी साउन ३२ गतेसम्मको लागि स्थगित भएको छ । आजको बैठकमा शुन्य समयबाहेक विशेष समयमा बोल्ने कुनै कार्यक्रम नरहेकाले बैठक सभामुख अग्नि सापकोटाले सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन् ।
आजको बैठक सुरु हुनासाथ नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले बिहीबारको प्रतिनिधिसभा बैठकमा प्रयोग गरेको शब्दप्रति एमालेले आपत्ति जनाएको थियो । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले यादवको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै सो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरे ।
उनको मागपछि सभामुख अग्नि सापकोटाले मातृकाको विवादित अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिए । यादवले बिहीबार ओलीमा मेन्टल्ली र फिजिकक्ली समस्या रहेको विवादित अभिव्यक्ति दिएका थिए । त्यसपछि शुन्य समयमा सांसदहरुले समसामयिक विषयमा आ–आफ्नो धारणा राखेपछि बैठक सकिएको घोषणा गरियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण