‘कोराना राहत कोष’ का लागि अस्ट्रेलियाबाट सहयोग
शुक्रबार, २९ साउन २०७८, १३ : ३७
नेपाल पत्रकार महासंघले कोरोना सक्रंमित पत्रकारलाई सहयोग पुर्याउने उद्देश्यले स्थापना गरेको ‘कोराना राहत कोष’ का लागि अष्ट्रेलियाको सिड्नीस्थित अष्ट्राटेक कम्पनीले ३ लाख रुपैयाँ सहयोग गरेको छ ।
कम्पनीका फाउण्डर तथा एनआरएनए अष्ट्रेलियाका एसीसी सेक्रेटरी(एनएसडब्लु) विनोद कुँवरमार्फत सो रकम प्राप्त भएको महासंघले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त रकम आज एक कार्यक्रमका बीच महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टलाई अष्ट्राटेकका नेपालस्थित कार्यालयका प्रतिनिधि सैलेश शाँखीले हस्तान्तरण गरे ।
सो अवसरमा कार्यवाहक अध्यक्ष विष्टले कोराना संक्रमति पत्रकारका लागि सहयोग पु¥याउन महासंघले सञ्चालन गरेको अभियानमा सहयोग गरेकोमा एनआरएनए अष्ट्रेलियाका एसीसी सेक्रेटरी (एनएसडब्लु) कुँवरसहित नेपाल प्रतिनिधि शाँखीलाई हार्दिक धन्यवाद व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ड्रागन फ्रुट’ बेचेर वार्षिक १५ लाख आर्जन
-
डाक्टरले सामुहिक राजीनामा दिएपछि प्रादेशिक अस्पतालको सेवा प्रभावित
-
रविलाई बिहानै पुर्याइयो अदालत, छवि पनि साथमै
-
धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया : अन्तर्वार्ताका लागि दुईजना मात्रै उपस्थित
-
‘परालको आगो’मा सुहाना
-
आप्रवासी गीतकारहरूको बृहत् भेला अमेरिकामा हुने