ओलीबारे मातृकाको अभिव्यक्तिको एमालेद्वारा आपत्ति, संसदको रेकर्डबाट हटाउन सभामुखको निर्देशन
नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले बिहीबारको प्रतिनिधिसभा बैठकमा प्रयोग गरेको शब्दप्रति एमालेले आपत्ति जनाएको छ । शुक्रबारको प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमालेका प्रमुख सचेतक विशाल भट्टराईले यादवको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै सो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरे ।
‘हिजोको बैठकमा एक जना माननीय सदस्यले संसदीय गरिमामा गम्भीर आँच पुग्ने गरी अर्को सदस्यलाई आरोप लगाएर असंसदीय शब्द प्रयोग गर्नुभयो’, उनले बैठकको सुरुमै भने, ‘त्यो भनाइप्रति हाम्रो गम्भीर आपत्ति छ । त्यतिबेलै ध्यानाकर्षण गराउँदा सभामुखको ड्यासबाट ध्यानाकर्षण भयो भन्ने मात्रै भयो । संसद जथाभावी शब्द प्रयोग गर्ने ठाउँ होइन । यो ठाउँमा जसरी शब्दहरू प्रयोग गरियो ? एक माननीयले अर्कोलाई गाली गलोज संसदको गरिमा हो ?’
सरकार बनाउने र कसैलाई हटाउने शक्ति जनतामा मात्रै रहेको भन्दै उनले अहिले अनपेक्षित रुपमा सर्वोच्चको फैसलाले मात्रै केपी ओलीलाई हटाइएको भट्टराईले बताए ।
एमाले लोकतन्त्रको संघर्षबाट आएको पार्टी भएको बताउँदै उनले यादवले संसदमा बोलेको कुरा संसदको रेकर्डबाट हटाएर संसदको गरिमा कायम गर्न माग गरे । उनको मागपछि सभामुख अग्नि सापकोटाले मातृकाको विवादित अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिए । यादवले बिहीबार ओलीमा मेन्टल्ली र फिजिकल्ली समस्या रहेको विवादित अभिव्यक्ति दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण