लुम्बिनी प्रदेशका मन्त्री शाहीसँग एमालेद्वारा स्पष्टीकरण माग
लुम्बिनी प्रदेश सरकारको बिहीबार बिना विभागीय मन्त्री नियुक्त भएका अजय शाहीलाई एमालेले स्पष्टीकरण सोधेको छ । ४ दलीय गठबन्धनलाई सघाएको भन्दै नेकपा एमालेले मन्त्री शाहीलाई कारबाही प्रक्रिया अगाडि बढाएको एमालेका सचेतक भूमिश्वर ढकालले बताए। शाही नवलपरासीबाट सूर्य चिन्हबाट चुनाव जितेर सांसद बनेका थिए ।
यस्तै एमाले दाडको उप निर्वाचनबाट पनि सूर्य चिन्हबाट निर्वाचित विमला वलीलाई कारबाही गर्ने जनाएको छ । सचेतक ढकालले उनीहरूले नयाँ सरकार बनाउन दाबी गरेको निवेदनमा हस्ताक्षर गरेपछि कारबाही प्रक्रिया अघि बढाएको बताए ।
ढकालले शाहीलाई लिखित स्पष्टीकरण सोधेका छन् भने वलीलाई पार्टी अध्यक्ष केपी ओलीले पठाएको स्पष्टीकरण यसअघि नै बुझाएको बताए ।
हृदयेश त्रिपाठीनिकट शाहीले आफू सूर्य चिन्हबाट चुनाव लडे पनि स्वतन्त्र सांसद रहेकाले गठबन्धनमा सहभागी भएको भएको रातोपाटीलाई बताए । यदि कारबाही गर्ने कुरा आएमा आफू अदालत जाने बताए । एमालेले कारबाही गर्ने भनेकी वलीले यसअघि नै पत्रकार सम्मेलन गरी माओवादी रोजेको जानकारी गराएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण