बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अविरल वर्षापछि धनगढी उपमहानगरपालिकाका बस्तीहरु डुबानमा

शुक्रबार, २९ साउन २०७८, १३ : ०६
शुक्रबार, २९ साउन २०७८

अविरल वर्षाका कारण कैलालीको धनगढी उपमहानगरपालिका बस्तीहरु डुबानमा परेका छन् । बिहीबार रातिदेखि परेको अबिरल वर्षाका कारण उपमहानगरपालिका आसपासका बस्तीहरु डुबानमा परेका हुन् ।

 जिल्ला प्रहरी कार्यालय कैलालीका सहप्रवक्ता एवम् प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुले वडा नम्बर १३ को राजपुर क्षेत्रका साथै वडा नम्बर ३ को विशालनगर, मिलनचोकलगायतका  क्षेत्र डुबानमा पर्नुका साथै कतिपय घरमा पानी पसेको रातोपाटीलाई जानकारी दिए । 

यस्तै सडक पूर्णरुपमा पानीले भरिएको पनि प्रहरीले जनाएको छ । अहिले पनि वर्षा भइरहेको बताउँदै उनले क्षतिका विवरण संकलन भइरहेको बताए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप