गोरखा सैनिकको न्यायका लागि तत्काल ब्रिटिश सरकारसँग वार्ता गर्न माग
नेपाली काँग्रेसका सांसद डा.डिला संग्रौलाले गोरखा सैनिकहरूको न्यायका लागि तत्काल ब्रिटिश सरकारलाई दबाब दिन सरकारलाई आग्रह गरेकी छन् । शुक्रबार संसदको शून्य समयमा बोल्दै सांसद संग्रौलाले तत्काल कुटनीतिक माध्यमद्वारा ब्रिटिश सरकारसँग सम्पर्क गरी वार्ता समिति गठन गर्न र वार्ताको मिति तोक्न आग्रह गरेकी हुन् ।
संग्रौलाले भनिन्- ‘संसारभरि बहादुरीका लागि चिनिएका गोर्खा सैनिकहरु अहिले आफ्नै लागि न्याय माग्दै गएको शनिबारदेखि ब्रिटिश प्रधानमन्त्री कार्यालय नजिकै लन्डनमा आमरण अनशन बसी रहेका छन्। उनीहरुको जीवन रक्षा गर्नु नेपाल सरकारको कर्तव्य हो। त्यसैले म नेपाल सरकारलाई तत्काल कूटनीतिक माध्यमद्वारा ब्रिटिश सरकारसंग सम्पर्क गरी वार्ता समिति गठन गर्न, वार्ताको मिति र स्थान तोक्न पहल गर्न आग्रह गर्दछु।’
२१ जुलाईदेखि गोरखा सैनिकहरुले समान अधिकारको मागसहित ब्रिटिश प्रधानमन्त्री कार्यालय अगाडि धर्ना दिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख