बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

सिद्धार्थ मल्होत्रा र कियारा आडवाणीको फिल्म ‘शेरशाह’ अनलाइनमा लिक

शुक्रबार, २९ साउन २०७८, १२ : ३६
शुक्रबार, २९ साउन २०७८

बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र कियारा आडवाणी अभिनित फिल्म ‘शेरशाह’ अनलाइनमा लिक भएको छ । अगस्ट १२ मा अमेजन प्राइममा रिलीज भएको उक्त फिल्म एचडीमा अनलाइन लिक भएको हो । 

लिक भएको फिल्म पायरेटेड साइटहरुद्वारा अपलोड भएको हो । यो फिल्म अहिले अमेजन प्राइमको सब्सक्रिप्शन नलिइ पनि हेर्न सक्छन् । पायरेसीका कारण यो फिल्मको भ्युजमा पनि निकै गिरावट आएको छ । पायरेटेड साइटहरुबाट युजरले सजिल्यै यो फिल्म डाउनलोड गर्न सक्छन् । 

यसअघि पनि थुप्रै कलाकारका फिल्महरु पायरेसीको सिकार भएका छन् । यसअघि सलमान खानको फिल्म ‘राधे–योर मोस्ट वान्टेड भाई’, ‘हसीना दिलरुबा’, ‘शेरनी’, ‘हंगामा २’ जस्ता फिल्महरु डिजिटल रिलीज भएपछि पायरेसीको सिकार भएर अनलाइनमा लिक भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप