शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आजै मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

शुक्रबार, २९ साउन २०७८, १० : २६
शुक्रबार, २९ साउन २०७८

नेपाल राष्ट्र बैंकले शुक्रबार अपराह्न मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । बजेट आइसकेपछि साउनको पहिलो साता नै सार्वजनिक हुनुपर्ने चालु आर्थिक वर्षको मौद्रिक नीति सरकारको हेराफेरीका कारण एक महिना ढीलो सार्वजनिक हुन लागेको हो ।

मौद्रिक नीति सार्वजनिक गर्नेबारेमा छलफल गर्न शुक्रबार बिहानै राष्ट्र बैंक सञ्चालक समितिको बैठक बसेको छ । शुक्रबार अपरान्ह ४ बजे मौद्रिक नीति सार्वजनिक गर्ने तयारीका लागि बैठक बोलाइएको बताउँदै राष्ट्र बैंक स्रामेतले भन्यो, ‘सकेसम्म आजै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भइरहेको छ ।’

पूर्ववर्ती ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेट परिमार्जन गरिने अर्थमन्त्री जनार्दन शर्माले संसदलाई बताएका छन् । मूलतः बजेट आइसकेपछि त्यसको कार्यान्वयनलाई सहयोग पुग्ने गरी वित्तीय नीति निर्माणका लागि मौद्रिक नीति बनाइने गरिन्छ । यही कारणले बजेट आएपछि मात्रै मौद्रिक नीति ल्याउन अर्थमन्त्रालयले राष्ट्र बैंकलाई सुझाएको यसअघि चर्चा चलेको थियो ।

तर, सरकारले भदौ लागिसक्दा पनि न त बजेट अध्यादेशलाई पारित गर्नका लागि संसदमा प्रक्रिया अगाडि बढाएको छ, न संशोधित बजेट नै ल्याउन सकेको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप