तटबन्ध निर्माण पुरा नहुँदा डुबानको समस्या भोग्दै सुस्तावासी

भूमि अतिक्रमणको चपेटामा रहेको सुस्ता वर्षेनी बाढीको पनि चपेटामा पर्दै आएको छ । नारायणी नदीमा ठुलो बाढी आएपछि सुस्ता गाउँमा उत्तर तर्फबाट बाढी सानो खोल्सो पस्ने गर्दछ । गाउँमा बाढी पसेपछि दर्जनौँ घरहरु डुबानमा पर्ने गर्दछ भने सयाैँ बिगाहा खेती नष्ट हुने गरेको पाइन्छ । त्यतिमात्र होईन अधुरो तटबन्ध सहितको बाँध निर्माण भएन भने अहिले सुस्तामा भइरहेको विभिन्न विकासका कार्यहरु पनि बाढीले भत्किएर नष्ट होला भनि सुस्ताबासी चिन्तामा छन् । सिमा जस्तै बाढीको चपेटामा पर्दै आएका सुस्तावासीहरु छिटो भन्दा छिटो अधुरो तटबन्ध, ठोकर र बाँधहरू निर्माणका लागि सरकार संग माग गरेका छन् ।
एल आकारमा रहेको सुस्ता गाउँ पुरै नारायणी नदीले घेरिएको छ । ३६ ढोका भएको त्रिवेणी ब्यारेज पुल करिब एक किलोमिटर होला तर नदी तल बढदै सुस्तासम्म आइपुग्दा २.५ किलोमिटर चौडा भइसकेको छ । नदीमा ठुलो बाढी आउँदा सुस्ता गाउँपालिका २ कुडिया देखि वडा ५ पक्लिहवाँसम्म पश्चिम तर्फ अग्लो बाँध र ठोकरहरू निर्माण भएकै कारणले बाढी गाउँमा पस्दैन तर यता सुस्तामा तटबन्ध सहितको अग्लो बाँध र ठोकरहरू अधुरो रहेकै कारण बाढी पस्ने गरेको सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालले बताए ।
लामो समयदेखि वर्षायामबाट बाढीले डुबानमा पर्दै आएको सुस्ता भूमिलाई जोगाउन एक मात्र विकल्प तटबन्ध सहितको बाँध निर्माण हो । प्रवक्ता जयसवालका अनुसार एल आकारमा रहेको सुस्ता भूमिलाई जोगाउन २०७० सालदेखि नारायणी नदी व्यवस्थापन आयोजना चितवनले क्रमशः तटबन्ध सहितको बाँध निर्माण कार्य गर्दै आएको थियो तर गत वर्षदेखि बजेटको अभाव देखाउँदै उक्त कार्य रोकिएपछि सुस्ताबासीहरु थप चिन्तित बनेको दुखेसो पोखे । कुल ३.५ किलोमिटर तटबन्ध र २१ वटा ठोकरहरु (स्पर्स) निर्माण गर्नुपर्नेमा हालसम्म दक्षिण तर्फबाट २ किलोमिटर मात्र तटबन्ध तथा ७ वटा ठोकरहरू (स्पर्स) निर्माण गरिएको छ । गतवर्ष जस्तै यस वर्षपनि सुस्ताको तटबन्ध निर्माणका लागि कुनै बजेट नपरेपछि सुस्तावासी चिन्तित छन् ।
अभियानका उपाध्यक्ष आदम खानले बताए । उपाध्यक्ष खानका अनुसार यसबर्ष बाढीले सुस्ता गाउँको दर्जनाें घर डुबानमा परेको र ५० विगाहा भन्दा बढि क्षेत्रफलमा लगाईको धान तथा उखुबाली गलेर नष्ट भएको बताए ।
तटबन्ध निर्माण कार्य दक्षिण बाट शुरु भई २ किलोमिटरसम्म भैसकेको छ तर उत्तर दिशतर्फबाट १५०० मिटर निर्माण कार्य भने बाकी छ । अहिले सुस्तामा उत्तरबाट तिब्रगतिमा नदीमा बाढी सुस्ता गाउँमा पसेर विभिन्न क्षति पु¥याउने गरेको छ । गाउँमा बाढी पसेपछि सुस्ताबासीहरु आवश्यक सर–सामान लिई घरको छत तथा अग्लो ठाउँमा सुरक्षित हुने गरेका छन् ।
सुस्ताको मुहार फेरिन राज्यले सुस्तामा लगानी बढाएको छ जसमा आरसीसी बाटो निर्माण भइसकेको छ भने बिजुली सप्लाईका लागि सोलार पावर हाउस समेत निर्माण भै विद्युत सप्लाई भैरहेको छ । त्यस्तै सुस्तामा खानेपानी, जनता आवस, झोलुङ्गपुल लगायतको निर्माण कार्यहरु पनि अगाडी बढेको छ तर यि सबै विकासहरु तटबन्ध निर्माण सम्पन्न नहुँदासम्म बाढीले असुरक्षित रहेको सुस्ता बचाउ अभियानका अध्यक्ष गोपाल गुरुङले जानकारी दिए ।
जिल्लाकै विकट र एतिहासिक ठाउँ सुस्ता विकासले निकै पछाडी परेकै छ त्यहाँ शिक्षा र स्वास्थ्यको पनि उचित व्यवस्था छैन । ऐतिहासिक सुस्तालाई बचाउन अधुरो रहेको १५०० मिटर क्षेत्रलाई तटबन्ध निर्माण गरियो भने सुस्तालाई बाढीले जोगाउन सक्ने स्थानियहरुको भनाई छ । यता तर्फ राज्यले ध्यान दिनु पर्ने सुस्तावासीहरु आग्रह गरेका छन् ।
३ सय घरधुरी रहेको सुस्तामा खासगरि विपन्न परिवारका समुदायहरुको बसोबास बढि छ । करिब ४० हजार ९ सय ८० हेक्टेयर क्षेत्रफलमा फैलिएको उक्त सुस्ता भूमि वर्षौं देखिनै भारतीय पक्षद्वारा अतिक्रमण हुदै हाल १४ हजार ४ हेक्टेयर क्षेत्रफल अतिक्रमण भैसकेको छ र १९ हजार ५८० हेक्टर क्षेत्रफल भारतीय पक्षले विवादित भन्दै जोतभोगबाट रोक लगाएको छ । हाल सुस्ताबासीहरुको जोतभोगमा जम्मा ७ हजार हेक्टेयर क्षेत्रफल मात्र रहेको बताउछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जग्गा विवादले रोकियो कर्णाली ‘हाई अल्टिच्यूट ट्रेनिङ सेन्टर ’ निर्माण
-
सन्तोषी मृत्यु प्रकरण : अनुसन्धानका लागि इन्स्पेक्टर जोशी पक्राउ
-
माओवादी अभियान : प्रचण्डसहितको टोली मोरङमा, सहिद परिवारसँग भेट
-
केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो
-
मस्कले संघीय कर्मचारीलाई इमेलको जवाफ दिन अर्को मौका पनि दिने
-
बंगालको खाडीमा भूकम्प