निर्देशक तीर्थ थापालाई कोरोना सङ्क्रमण
शुक्रबार, २९ साउन २०७८, १० : ०२
फिल्म निर्देशक तथा नेपाल संस्कृति सङ्घका अध्यक्ष तीर्थ थापा कोरोना सङ्क्रमित भएका छन् । केही दिन अगाडि थापालाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
टाउको दुख्ने, कमजोरी फिल हुने लगायत स्वास्थ्यमा समस्या देखिए पछि पीसीआर टेस्ट गर्दा आफूमा कोरोना सङ्क्रमण पुष्टि भएको थापाले बताए । होम आइसोलेसनमै रहेका थापाले आफ्नो स्वास्थ्य अहिलेसम्म सामान्य नै रहेको सुनाए ।
थापाले ‘मायाको बन्धन’, ‘सडक’, ‘आन्दोलन’ ‘अञ्जुली’ लगायत फिल्म निर्देशन गरेका छन् । फिल्म क्षेत्रमा कलाकार, निर्माता, निर्देशकका रूपमा चिनिँदै आएका उनी नाट्य क्षेत्रबाट कलाकारिता गर्दै फिल्म क्षेत्रमा होमिएका हुन् । थापा पछिल्लो समय नेपाली काँग्रेस निकट कलाकर्मीको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक सङ्घको केन्द्रीय अध्यक्ष पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वाधिक चासो र चर्चाको ‘नेपाल प्रिमियर लिग’ आजदेखि
-
आज बालाचतुर्दशी, शिवालयमा शतबीज छरिँदै
-
युरो, पाउण्ड स्टर्लिङ, क्यानेडियन डलर, जापानी येनको मूल्य बढ्यो, कसको कति ?
-
पर्वतारोहणमा जानेहरुलाई पूर्व चेतावनी, यस्तो छ आजको मौसम
-
शुभकार्य र यात्रा कस्तो बेला पारेर गर्ने ? हेरौँ आजको राशिफल
-
बराबरीले ब्राइटनलाई घाटा, झनै पछारियो साउथ ह्याम्पटन