आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

भैरहवा भन्सार कार्यालयमा केमिकल बोकेको ट्रकमा आगलागी

शुक्रबार, २९ साउन २०७८, १० : ०२
शुक्रबार, २९ साउन २०७८

भैरहवा भन्सार कार्यालयमा रोकेर राखेको मालवाहक ट्रकमा आगलागी भएको छ ।

भन्सार पास गरेर  रोकिरहेको यु पि १३ विपी ९०८६ नम्बरको  ट्रकमा आज बिहान करिब ८ बजे आगलागी भएको  जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 

भारतबाट टाक बनाउनको लागि चाहिने  केमिकल लिएर आएको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाले  सिद्धार्थ नगर नगर पालिकाको दमकलद्वारा आगो  निभाएको  बताए । 

आगलागीबाट  ट्रकका केही भागमा क्षति भएको छ । भने, सामानहरु सबै जलेर नष्ट भएका छन् । आगोको कारणले खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप