शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

विभिन्न विधाका छ पत्रकारलाई पुरस्कृत गरिने

शुक्रबार, २९ साउन २०७८, ०८ : ३२
शुक्रबार, २९ साउन २०७८

नेपाल पत्रकार महासङ्घ एशोसिएट प्रदेश समितिले विभिन्न विधाका छ पत्रकारलाई ‘सङ्कटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कार प्रदान गर्ने भएको छ । समितिका महासचिव रोयल आचार्यले बिहीबार साँझ एक विज्ञप्ति जारी गरी आर्थिक, फोटो, चलचित्र, खेलकुद, राजनीतिक र कार्टुन पत्रकारितामा सक्रिय पत्रकारलाई ‘सङ्कटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कार प्रदान गर्न लागेको बताए । 

समितिले चलचित्र पत्रकारितामा रीना मोक्तान, आर्थिक पत्रकारितामा मेनुका कार्की, खेलकुद पत्रकारितामा जीतबहादुर साउद, सामाजिक÷राजनीतिक पत्रकारितामा गोविन्द मरासिनी, कार्टुन पत्रकारितामा विरोचन मल्ल ठकुरी र फोटो पत्रकारितामा चन्द्रबहादुर आलेलाई पुरस्कारसहित सम्मान गर्न लागेको हो ।

विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि ज्यानको बाजी राखेर निरन्तर पत्रकारिता क्षेत्रमा सक्रिय पत्रकारलाई रु १० हजारसहितको सक्रिय पत्रकारिता पुरस्कार प्रदान गर्न लागिएको हो ।

उक्त पुरस्कारले पत्रकारलाई निरन्तर काममा लाग्न प्रोत्साहन मिल्ने समितिका महासचिव आचार्यको भनाइ छ । पुरस्कार छनोटका लागि छ वटै विधासँग सम्बन्धित संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । उक्त पुरस्कार आगामी असोज १ गते हुने एशोसियट प्रदेशको राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा प्रदान गरिने महासचिव आचार्यले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप