शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

छिटै विश्वासको मत लिन्छु : मुख्यमन्त्री के.सी.

'बजेट संशोधन हुन्छ'
शुक्रबार, २९ साउन २०७८, ०६ : १४
शुक्रबार, २९ साउन २०७८

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले गठबन्धन सरकारले छिटै विश्वासको मत लिने बताएका छन् । उनले विश्वास मत मन्त्रालय बाँडफाँड विषयलाई छिटै टुङ्ग्याउँदै  तयारीमा आफूहरू रहेको बताए । उनले  विशेष अधिवेशन अन्य भएपछि  नियमित अधिवेशन आह्वान हुने त्यसमा छिटै विश्वासको मत ल्याउने बताए ।

पहिलो बैठकपछि  पत्रकारहरुसँग कुराकानी गर्दै मुख्यमन्त्री केसीले लामो समयदेखि रोकिएका अड्चनहरू टुङ्गिएकाले अब लुम्बिनी प्रदेशलाई सङ्घीयता कार्यान्वयन र विकासको नमुना प्रदेश बनाउने तर्फ सरकार केन्द्रीत हुने बताए ।

उनले  विकास, लोकतन्त्र र सङ्घीयतालाई व्यवहारमै कार्यान्वयनमा लैजाने बताएका छन् । गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनेकाले गठबन्धनको नीति तथा कार्यक्रमलाई साझा कार्यक्रमका रूपमा अगाडि बढाउने बताए । उनले नयाँ ठाउँमा राजधानी बनाउने र कर्मचारी व्यवस्थापनको विषयमा पनि सहज ढङ्गले  समाधान गर्ने विश्वास व्यक्त गरे ।

गठबन्धन दलमा फरक फरक विचार रहे पनि लोकतन्त्रको रक्षा र जारी गरेको संविधानलाई कार्यान्वयन गर्ने सहमति भएकोले नै गठबन्धन बनेको बताए । उनले गठबन्धन दलहरूले जनतालाई सेवा दिने गरी आपसी सहमतिबीच  एउटा राम्रो संस्कार लिन दिनेगरी अगाडि बढ्ने बताए ।

उनले शंकर पोखरेलले ल्याएको बजेट नीति कार्यक्रम संशोधन गर्ने बताए । शपथग्रहणपछि ७ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका केसीले बिहीबार नै पदभार ग्रहण गरेका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप