शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

देशभर ९७.८९ प्रतिशत रोपाईं, कार्णाली प्रदेशमा रोपाई सम्पन्न

बिहीबार, २८ साउन २०७८, २० : ४४
बिहीबार, २८ साउन २०७८

देशभर ९७.८९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । तथ्याँकअनुसार कर्णाली प्रदेशमा धान रोपाइँ सम्पन्न भइसकेको छ भने सुदूरपश्चिममा ९९.०६ प्रतिशत, लुम्बिनी प्रदेशमा ९८.९५ प्रतिशत, वाग्मती प्रदेशमा ९८.०८ प्रतिशत, गण्डकीमा ९८.६४ प्रतिशत, प्रदेश २ मा ९६.८० प्रतिशत र प्रदेश १ मा ९६.८३ प्रतिशत रोपाईं भएका छन् । १३ लाख ७१ हजार ७०६ हेक्टरमा धान रोपाइँ हुन्छ ।

त्यसमध्ये हालसम्म १३ लाख ४२ हजार ८१९.९४२ हेक्टरमा रोपाईं भइसकेको छ । प्रदेश १ को सोलुखुम्बु, ओखलढुंगा, खोटाङमा रोपाई सम्पन्न भइसकेको छ भने ताप्लेजुङमा ९९.५० प्रतिशत, रोपाइँ भएको छ भने सबैभन्दा कम धनकुटा जिल्लामा ८८.०० प्रतिशत मात्र रोपार भएको छ ।

त्यस्तै, प्रदेश २ को आठ जिल्लामध्ये सिरहा जिल्लामा ९९.००  रोपाईं भइसकेको छ भने रौतहटमा हालसम्म ९२ प्रतिशत रोपाईं मात्र भएको कृषि विभागको तथ्याङ्कले जनाएको छ । धनुषामा ९५, महोत्तरी, सर्लाही र सप्तरीमा ९८ प्रतिशत रोपाईं भएको छ । बारामा ९५ प्रतिशत रोपाईं भएको छ ।

वाग्मती प्रदेशको दोलखा, रसुवा, काठमाडौ, भक्तपुर, ललितपुर, मकवानपुरमा ९९ प्रतिशत रोपाईं भइसकेको छ भने सिन्धुपाल्चोकमा ९६ प्रतिशत त्यसबाहेक अन्य जिल्लामा ९८ प्रतिशत रोपाईं भएको छ । गण्डकी प्रदेशमा मनाङ र मुस्ताङमा धान खेती नै हुँदैन । कृषि विभागको तथ्याङ्कअनुसार पर्वत, म्याग्दी, बाग्लुङ र लमजुङमा रोपाईं सम्पन्न भइसकेको छ । कास्कीमा ९६, स्याङ्जामा ९८, तनहुँमा ९६.७ रोपाई भएको छ ।

लुम्बिनी प्रदेशको अर्घाखाँची, बाँके, रोल्पा र रुपन्देहीमा रोपाई सम्पन्न भएको छ भने कपिलवस्तुमा ९९, बर्दिया, दाङ, रुकुम पूर्वमा ९८ र गुल्मीमा ९६ प्रतिशत रोपाईं भएको छ । सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा रोपाईं भइसकेको छ भने बझाङमा ९९ प्रतिशत दार्चुला र डडेल्धुरामा ९८, डोटी र अछाममा ९७ र बाजुरामा ९५ प्रतिशत रोपाई भएको कृषि विभागले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप