सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

वीरगञ्जबाट पेस्तोलसहित ३ जना पक्राउ

बिहीबार, २८ साउन २०७८, २० : ०६
बिहीबार, २८ साउन २०७८

पर्साको वीरगञ्ज महानगरपालिका–१५ स्थित ब्रह्मचोकबाट प्रहरीले पेस्तोलसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज घर भएका अनिल शाह, धरान घर भएका रवि पौडेल र पर्साको मकाहमैनपुर गाउँपालिका घर भएका विजय कुमार पटेल छन् ।

ब्रह्मचोकस्थित एक होटलमा प्रदेश–२ प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो । आरोपीहरुको साथबाट एउटा पेस्तोल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरीले उनीहरुमाथि हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप