वाईवाई ‘ग्लोकल टिन हिरो’ का अन्डर २० को सूची सार्वजनिक
![वाईवाई ‘ग्लोकल टिन हिरो’ का अन्डर २० को सूची सार्वजनिक](https://rpcdn.ratopati.com/media/albums/20_under_20_augwZKFZz9.jpg)
काठमाडौं । ‘वाईवाई ग्लोकल टिन हिरो’ नेपालको सातौं संस्करणमा आवेदन दिने किशोर किशोरीबाट उत्कृष्ट २० छनोट भएका छन् । उनिहरुलाई ग्लोकल २० अन्डर २० भनी पहिचान गरिएको र उक्त सूची सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिएको आयोजकले जनाएको छ ।
देशभरबाट आएको ६११ आवेदनबाट यी किशोर किशोरीहरु छानिएका हुन् । किशोर किशोरीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाईवाई ग्लोकल टिन हिरो नेपालको यो सातौं संस्करण हो ।
यस वर्ष सेप्टेम्बर १ तारिखका दिन अनलाइन अवार्ड कार्यक्रम र सम्मेलन मार्फत उनीहरु पुरस्कृत हुने भएका छन् । सोही दिन वाईवाई ग्लोकल टिन हिरो नेपाल विजेताको नाम पनि घोषणा गरिने आयोजकले जनाएको छ ।
ग्लोकल प्रालिका कार्यकारी निर्देशक आशिष ठाकुरका अनुसार २० अन्डर २० किशोर किशोरीहरु समाजसेवा, बालअधिकार, खेलकुद, कृषि, मिडिया, पत्रकारिता, विज्ञान, साहित्य, प्रविधि र उद्यमशीलता, वाताबरण संरक्षण जस्ता विविध क्षेत्रमा काम गरेर सकारात्मक सन्देश प्रवाह गरिरहेका छन ।
साथै उत्कृष्ट ६ को घोषणा अगस्ट २१ तारिखमा हुने बताइएको छ । चयन भएका युवाहरुको सम्मान वाईवाई ग्लोकल टिन हिरोको सेप्टेम्बर १ मा हुने अनलाइन अवार्ड कार्यक्रममार्फत हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवाको विदेशपलायन रोक्न स्टार्टअप उद्यमलाई प्रोत्साहन दिऔँ : सांसद शाक्य
-
समयको आवश्यकता र औचित्यका आधारमा बजेट वितरण भएको छ : अर्थमन्त्री पुन
-
प्रभु बैँक र होटल हिमालयबिच छुट सम्झौता
-
होन्डा कारको मनसुन सर्भिस क्याम्प सुरु, यस्तो छ सुविधा
-
झलनाथ खनालको दस्ताबेज : यस्तो छ नेपाली विशेषताको समाजवादी कार्यक्रम (पूर्णपाठ)
-
कांग्रेस नेता जितेन्द्रनारायण देव एमाले प्रवेश