आइतबारदेखि काठमाडौं र पोखरामा स्मार्ट टेलिकमको फोरजी सेवा
काठमाडौं– स्मार्ट टेलिकमले पनि आइतबारदेखि काठमाडौं र पोखरामा चौंथो पुस्ताको दूर सञ्चार सेवा (फोरजी) सेवा सुरु गर्ने भएको छ ।
स्मार्ट टेलिकमले शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गरी आइतबारदेखि काठमाडौं र पोखरामा फोरजी सेवा संचालनमा ल्याउन लागिएको जानकारी गराएको हो ।
कम्पनीका प्रमुख प्रशासकीय अधिकृत सजीनराज राजभण्डारीले पहिलो चरणमा काठमाडौं र पोखरामा फोरजी सेवा संचालन गर्न लागिएको जानकारी दिए । त्यसपछि सो सेवा देशका अन्य सहरहरुमा पनि क्रमशः विस्तार गर्दै लैजाने कम्पनीको योजना छ ।
प्रमुख प्रशासकीय अधिकृत राजभण्डारीले फोरजी सेवा एक महिना परिक्षणको रुपमा संचालन हुने पनि स्पष्ट पारे । परीक्षणका क्रममा देखिएका कमीकमजोरीलाई सच्याएर यो सेवालाई एक महिनापछिबाट व्यवसायिक रुपमा संचालन गरिनेछ ।
कम्पनीले आफ्नो सेवालाई उपभोक्ता मैत्री बनाउँदै लैजाने प्रतिवद्धता पनि व्यक्त गरेको स्मार्ट टेलिकमका प्रमुख प्रशासकीय अधिकृत सजीनराज राजभण्डारीले बताए ।
स्मार्ट टेलिकमले गत जेठमा मात्रै फोरजी सेवा संचालन गर्ने अनूमति पाएको थियो । फोरजी सेवा भनेको ताररहित इन्टरनेट सेवा हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जितसँगै लिभरपुलमा नयाँ प्रशिक्षक इराओलाको यात्रा सुरु
-
व्यवसायी दीपक भट्टको निवेदनमा सर्वोच्चले मगायो कैफियत प्रतिवेदन
-
डिओमान्डे र रियलबिच सम्झौता तय, पीएसजी प्रतिस्पर्धाबाट बाहिरियो
-
विश्वकै सबैभन्दा वृद्ध व्यावसायिक फुटबलर ‘किंग काजु’ को कीर्तिमान, ५९ वर्षको उमेरमा गोल
-
लुम्बिनीमा कांग्रेस ‘पर्ख र हेर’को अवस्थामा, मन्त्रीहरूको राजीनामा 'होल्ड'
-
चन्द्रागिरीबाट ‘तीन तीघ्रे क्या बिग्रे’ को छायाङ्कन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण