बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

समृद्धि फाइनान्सको टिकटक भिडियो च्यालेञ्ज, अधिक भ्युज हुनेलाई पुरस्कार

बिहीबार, २८ साउन २०७८, १९ : २९
बिहीबार, २८ साउन २०७८

काठमाडौं । समृद्धि फाइनान्सले साउन २८ गतेबाट एक महिनासम्मका लागि टिकटक भिडियो च्यालेञ्ज संचालनमा ल्याएको छ । उक्त च्यालेञ्जमा नेपाली नागरिक जो कोहि पनि सहभागी हुन सक्नेछन् । 

फाइनान्सको टिकटक पेजमा दुईवटा अडियो जिङ्गल उपलब्ध रहेको र प्रयोगकर्ताले त्यहि जिङ्गलमा टिकटक बनाउनुपर्ने फाइनान्सले जनाएको छ ।

उक्त च्यालेञ्जमा भाग लिएका व्यक्तिहरुले कम्तीमा ५ जना साथीहरुलाई पेज ट्याग गर्नुपर्ने र यसरी राखिएका भिडियोहरु समृद्धि फाइनान्सले आफ्नो सोसियल मिडियाहरुमा प्रयोग गर्ने जनाएको छ । साथै सबैभन्दा अधिक भ्युज हुने उत्कृष्ट तीन जनालाई क्रमश ः ५ हजार, ३ हजार र २ हजार पुरस्कार दिने फाइनान्स कम्पनीका व्यापार विकास प्रमुख शालिकराम पन्थीले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप