आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

ग्लोबल आइएमई बैंकले  कर्णालीका कृषकलाई ब्याज अनुदानमा कर्जा दिने

बिहीबार, २८ साउन २०७८, १९ : २५
बिहीबार, २८ साउन २०७८

काठमाडौं । ग्लोबल आइएमई बैंकले कृषकलाई ब्याज अनुदानमा कर्जा प्रवाह गर्नेबारे कर्णाली प्रदेश सरकारसँग सम्झौता गरेको छ । 

बैंकले कर्णाली प्रदेश अन्तरगतको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग कर्णाली प्रदेशका व्यवसायिक कृषि तथा पशुपन्छी पालनमा संलग्न कृषकहरुलाई व्याज अनुदान प्रदान गर्न समझदारी गरेको हो । मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्र र बैंकको कर्णाली प्रादेशिक कार्यालय प्रमुख विष्णु अर्यालले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । 

उक्त समझदारी अनुसार ग्लोबल आइएमई बैंकले मन्त्रालयले स्वीकृत गरेको ‘व्यवसायिक कृषि तथा पशुपन्छी पालन व्यवसायका लागि ब्याज अनुदान कार्यविधि, २०७६’ अनुरुप कर्णाली प्रदेशका व्यवसायिक कृषकहरूका लागि व्याज अनुदान कार्यक्रम संचालन गर्नेछ ।

सो सम्बन्धी व्यवसाय विकास मार्फत कृषकहरूको रोजगारीमा बृद्धि गरी उनीहरुको जीवनस्तर सुधार गर्ने उद्देश्यले सहुलियतपूर्ण कृषि कर्जा उपलब्ध गराउनेछ । यस ब्याज अनुदान कार्यक्रम संचालनका लागि नेपाल राष्ट्र बैंक, कर्णाली प्रदेशले आवश्यक समन्वय तथा सहजीकरण गर्ने बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप