इसेवाको ‘शिक्षित युवा, संवृद्ध भविष्य योजना’, ५ सय बढी विद्यार्थीले छात्रवृत्ति पाउने
काठमाडौं । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले एसईई उत्तिर्ण भएका विद्यार्थीहरूलाई मध्यनजर गर्दै ‘शिक्षित युवा, संवृद्ध भविष्य’ योजना सार्बजनिक गरेको छ ।
यस योजनामा ५ सय भन्दा बढी विद्यार्थीहरूले उच्च शिक्षाका लागि छात्रवृत्ति प्राप्त गर्नेछन् । यो योजना आगामी भाद्र १५ गतेसम्म सञ्चालन हुनेछ । छात्रवृत्ति विद्यार्थीले छानेका कलेज अनुसार भर्ना शुल्क तथा मासिक शुल्कमा प्राप्त गर्न सकिनेछ ।
विद्यार्थीहरूले जेभियर इन्टरनेशनल, प्रिमियर कलेज, विद्या शंकर, ट्रिटन कलेज र टेक्सास इन्टरनेशनल कलेज, विराटनगरका बाल कल्याण विद्या मन्दिर र लर्ड बुद्ध सेकेण्डरी स्कुलमा छात्रवृत्ति प्राप्त गर्नेछन् । इसेवा मार्फत आवेदन दिनेले मात्र छात्रवृत्तिको अवसर प्राप्त गर्नेछन् ।
छात्रवृत्तिका लागि विद्यार्थीहरूले इसेवा मोबाइल एप तथा वेभ मार्फत इसेवा स्कोलरसिप अप्सनमा गइ आवेदन दिन सक्नेछन् । छात्रवृत्तिका लागि विद्यार्थीहरूले रू ३० भुक्तानी गर्नुपर्नेछ ।
यो रकम यो योजना सकिएपछि विद्यार्थीको इसेवा आइडी रहेको नम्बरमा टप अप हुनेछ । छात्रवृत्तिमा समावेश भएका विद्यार्थीले छात्रवृत्ति दाबी गर्नका लागि आफ्नो एसइई पास भएको कागजात पेश गर्नुपर्ने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान