एन्फा विवाद : २ घण्टा बयानपछि अलमुताइरीले भने, ‘अनुसन्धानसँग सकारात्मक’
राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) उपाध्यक्षबीचको विवाद समाधान समितिमा आज मुख्य प्रशिक्षक र उपाध्यक्षले बयान दिएका छन् । विवाद समाधानका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)द्वारा गठित छानबिन समितिमा आज प्रशिक्षक घटनासँग सम्बन्धित रहेर बयान दिएका हुन । करिब २ घण्टा बयान दिएर फर्किएका प्रशिक्षक अलमुताइरीले आफू छानबिन समितिको अनुसन्धानसँग सकारात्मक भएको छोटो प्रतिक्रिया दिए ।
मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीको सञ्चारकर्मीसँग भएको विवादमा प्रशिक्षक अल्मुताइरीले नेम्वाङको नाम जोडेपछि विवाद सतहमा आएको हो । जसमा प्रशिक्षकले उपाध्यक्षका कारण रहेको बताएका थिए । विवाद उत्कर्षमा पुगेपछि खेलकुद मन्त्रालयको निर्देशनमा राखेपको छानबिन समितिले छानबिन प्रक्रिया अगाडि बढाएको हो । छानबिनका लागि आजै उपाध्यक्ष पङ्कज विक्रम नेम्वाङले करिब डेढ घण्टा बयान दिएका थिए ।
समितिले यस अघि एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, पूर्व प्रवक्ता किरण राई सँग पनि बयान लिएको थियो । उपाध्यक्षलाई अन्याय भएको र विवाद समाधान गर्न तेस्रो पक्षलाई जिम्मा दिनु गलत नजिर भएको भन्दै प्रवक्ता किरण राईले पदबाट राजीनामा दिएका थिए । यस अघि एन्फा विवाद समाधानका लागि एन्फा आकस्मिक कार्यसमितिले छानबिन गर्न खेलकुद मन्त्रालयलाई जिम्मा दिने निर्णय गरेको थियो । मन्त्रालयको निर्देशन अनुसार राखेपले बोर्ड सदस्य पुरेन्द्र विक्रम लाखे संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको थियो । र समितिलाई ७ दिनभित्र छानबिन प्रतिवेदन बुझाउन निर्देशन खेलकुद मन्त्रालयले निर्देशन दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : हिरासतमा रविको फोटो खिच्ने निकोलस भुसाल पक्राउदेखि ‘भ्रष्टाचारविरोधी अभियन्ता’लाई सहकारी ठगीमा हत्कडीसम्म
-
प्रहरी हिरासतमा सुतिरहेका रविको फोटो खिचेर भाइरल बनाउने निकोलस काठमाडौंबाट पक्राउ
-
१० बजे १० समाचार : रविलगायत विरुद्ध ४२७ पृष्ठ लामो अभियोगपत्र दायरदेखि सरकारको कार्यशैलीप्रति कांग्रेसभित्र असन्तुष्टिसम्म
-
फाल्गुनन्द गोल्डकप : झापा–११ माथि मच्छिन्द्रको फराकिलो जित
-
नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावरबिच सेयर प्रत्याभूति सम्झौता
-
लक्ष्मी सनराइज बैंक र आईएफसीबिच नेपालमा वित्तीय दुरुपयोग समाधान गर्ने बारे साझेदारी