मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

‘क्रियाशील सदस्यतामा आशङ्का उठेका छन्, त्यो सार्वजनिक गर्नुपर्छ’

बिहीबार, २८ साउन २०७८, १९ : ०२
बिहीबार, २८ साउन २०७८

नेपाली काँग्रेसको क्रियाशील सदस्यता वितरणमा तलमाथि भयो भन्ने आशङ्का उठेका कारण त्यसलाई सार्वजनिक गर्नुपर्ने क्रियाशील सदस्यता छानबिन समितिका सदस्य प्रदीप पौडेलले बताएका छन् । पार्टीको केन्द्रीय समिति बैठकका दौरान सञ्चारकर्मीसँग कुराकानी गर्दै पौडेलले भने, ‘क्रियाशील सदस्यता तलमाथि भयो भन्ने आशङ्का उठेका छन्। हामीले त समितिमा रहुन्जेल काम गरेर बुझाएका हौँ । पहिले हामीले बुझाइसकेपछि हेर्न नपाउनु आफ्नै नियम होला। तर अब त्यो सबैले हेर्न पाउनुपर्छ। सबैभन्दा पहिले क्रियाशील सदस्यताको नामावली सार्वजनिक गर्नुपर्छ। लोकतान्त्रिक पार्टीले किन लुकाएर काम गर्ने ?’ सबैभन्दा पहिले क्रियाशील सदस्यताको नामावली सार्वजनिक गर्नुपर्ने बताएका पौडेलले बताएका हुन् ।

आगामी २३ गतेभित्र महाधिवेशन प्रक्रिया अनिवार्य सुरु गर्नुपर्ने बताउँदै कार्यतालिकाको फेहरिस्त  आउनुपर्ने उनको धारणा छ। उनले भने, ‘त्यो नआए संवैधानिक सङ्कट आउन सक्छ। हामीलाई समयले पेल्दै आएको छ।’ केही ठाउँमा क्रियाशील सदस्यताको विवाद टुङ्गिएन भन्दैमा महाधिवेशन रोक्नुपर्ने अवस्था नभएको जिकिर गर्दै उनले १४ ओं महाधिवेशन समयमा सकाउनुपर्छ भनेर नै केही ठाउँका क्रियाशील स्थगित गरेर समयमा प्रतिवेदन बुझाएको जिकिर गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप