मान्छेमाथि आक्रमण गर्ने भालुलाई गोली हानेर मारियो
जुम्लामा स्थानीयमाथि आक्रमण गर्ने भालुलाई गोली हानेर मारिएको छ । बिहीबार बिहान करिब ५ बजेतिर चन्दननाथ नगरपालिका–५ का एक दम्पतीलाई भालुले आक्रमण गरेको थियो ।
भालु गाउँमा पसेर स्थानीयलाई आक्रमण गर्न थालेपछि बिहानदेखि नै प्रहरीले खोजी गरेको थियो भने करिब ७ घण्टापछि भालु भेटिए पनि सुरक्षित रुपमा नियन्त्रणमा लिन नसकिएको प्रहरीले जनाएको छ ।
भालु बजार पसेको खबर पाए पछि जिल्ला प्रशासन, प्रहरी नेपाली सेना, सशस्त्र प्रहरी बल, डिभिजन वन कार्यालयको टोली भालुलाई जंगलतिर लखेट्न खटिएको थियो । टोलीले जंगलसम्म भगाउन खोज्दा भालुले सुरक्षाकर्मीमाथि नै आक्रमण गर्न थालेपछि नियन्त्रणमा लिन नसकिएको र गोलि हानेर मारिएको डिभिजन वन कार्यालय जुम्लाका प्रमुख दिनेश जङ्ग खत्री जानकारी दिए ।
‘भालुलाई सुरक्षित स्थलतिर भगाउँदा खोज्दा पनि भालु गाउँ पसेर आतंक मच्चाउन थाल्यो,’ उनले भने,‘ गाउँ पसेको भालु सहजै रुपमा नियन्त्रणमा नआउने देखिएपछि गोलि हानेर मारिएको हो ।’
भालुले चन्दननाथ नगरपालिका–५ कार्कीवाडामा हिमराज रोकाया र उनकी धर्मपत्नी निर्मला रोकाया थापा र चन्दननाथ नगरपालिका–४ का २५ वर्षका आषिस सार्कीलाई आक्रमण गरी घाइते बनाएको छ । घाइते तीनै जनाको अहिले कर्णाली स्वास्थ्य विज्ञान शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण