शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

जनसंख्याको अनुपातमा कोरोनाविरुद्धको खोप उपलब्ध गराउन मुख्यमन्त्री राउतको माग

बिहीबार, २८ साउन २०७८, १७ : ४७
बिहीबार, २८ साउन २०७८

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले जनसंख्याको अनुपातमा कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउन केन्द्रीय कोरोना संकट व्यवस्थापन केन्द्रलाई आग्रह गरेका छन् । 

बिहीबार केन्द्रका प्रमुख बालानन्द शर्मा नेतृत्वको टोली सहितको बैठकमा मुख्यमन्त्री राउतले सो माग गरेका हुन् । 
सबैभन्दा बढी जनघनत्व तथा भारतसँगको खुला सीमाका कारण कोरोना महामारीको अति जोखिममा रहेको प्रदेश- २ लाई जनसंख्याको अनुपातमा भ्याक्सिन उपलब्ध हुन नसकेको उनको गुनासो थियो ।
 शर्मा नेतृत्वको टोली प्रदेशमै आएर प्रदेश सरकार र सरोकारवालासँग छलफल गरेको थियो ।

सो क्रममा मुख्यमन्त्रीले महामारी नियन्त्रणका लागि आफुहरुले उच्चतम प्रयास गर्दै पहिलो र दोस्रो लहरको सामना गर्न सकेको उल्लेख गर्दै सम्भावित तेस्रो चरणको लागि समेत तयारी अवस्थामा रहेको बताए ।  त्यसमा केन्द्रको पनि सहयोग र समर्थन आवश्यक रहेको उनको भनाइ थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप