मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

माधव नेपाललाई केशब बडालको आग्रह : ...त्यस्तो गलत काम नगर्नुहोस् !

बिहीबार, २८ साउन २०७८, १७ : ३६
बिहीबार, २८ साउन २०७८

नेकपा (एमाले) का स्थायी कमिटी सदस्य केशव बडालले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टी छोडेर नजान आग्रह गरेका छन् । उनले एकताको लागि पर्याप्त आधार भएकोले घनिभूत छलफल गरेर पार्टी एकताको लागि नै लाग्नुपर्नेमा जोड दिए । 

बिहीबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै नेता बडालले भने,‘यसअघि एकताको लागि बनेको कार्यदलको दश बुँदे प्रतिवेदन पार्टी नेतृत्वलाई बुझाएको छ। यो नै एकताको आधार हो । तपाईँले एमाले छोड्दै हुनुहुन्छ भन्ने हल्ला व्यापक छ, त्यो सत्य नहोस् । ३८ वर्षसम्म तमाम दुःख गरेर तपाईँसँगै एउटै कमिटीमा बसेर काम गरेको एक जना सदस्यको रुपमा भन्न चाहन्छु–त्यस्तो गलत काम नगर्नुहोस् ।’

उनले माधव नेपालले आफ्नै पार्टीलाई कमजोर पार्ने काम गरेको र त्यो ठूलो अपराध भएको पनि टिप्पणी गरे । नेपाललगायत नेताहरुले पार्टीको विधान र नीतिविपरीत गतिविधि गरेकोले उनीहरुलाई कारबाही गर्ने पर्याप्त आधार हुँदाहुँदै पनि आफूहरुले एकताको लागि कारबाही नगरेको उनको भनाइ थियो । 

नेता बडालले अब पार्टीलाई एकताको नाममा अल्झाएर राखिरहन नहुने भएकोले आवश्यक गतिविधि अघि बढाउनैपर्ने भएकोले सोहीअनुसार कामकारबाही अघि बढाइएको जिकिर गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप