केन्द्रीय सदस्यको सुझावका आधारमा काँग्रेसले महाधिवेशन कार्यतालिका सार्वजनिक गर्ने

नेपाली काँग्रेसले केन्द्रीय सदस्यहरुको सुझावको आधारमा महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्ने भएको छ । काँग्रेसको पूर्वनिर्धारित कार्यतालिकामा १४ औं महाधिवेशन नहुने निश्चित भएपछि जारी केन्द्रीय समिति बैठकबाट नयाँ कार्यतालिका सार्वजनिक गरिने भएको हो ।
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय सदस्यहरुको सुझावको आधारमा जारी केन्द्रीय समिति बैठकले महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्ने जानकारी दिए । काँग्रेसले आगामी भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्नेगरी यसअघि कार्यतालिका ल्याएको भएपनि सो मितिमा महाधिवेशन हुन नसक्ने देखिएको छ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पनि बुधबारको बैठकबाट महाधिवेशन सार्न सहमत भइसकेको अवस्थामा केन्द्रीय समितिबाट पनि राय लिन लागिएको उनको भनाइ छ । विशेषगरी रामचन्द्र पौडेल दशैँअघि नै महाधिवेशन गर्नुपर्ने पक्षमा रहेका छन् भने देउवा दशैँपछि महाधिवेशन गर्नुपर्ने पक्षमा देखिएका छन् ।
यही क्रममा आजको बैठकमा सभापति शेरबहादुर देउवाले नयाँ कार्यतालिका पेश गर्ने भनिएपनि नगरी केन्द्रीय समितिलाई पर्खिइएको हो । संवैधानिक प्रश्न र कोरोना महामारीलाई मध्यनजर गरेर केन्द्रीय सदस्यको सुझावको आधारमा कार्यतालिका ल्याउने भन्दै प्रवक्ता शर्माले भने बैठकमा विभिन्न प्रतिवेदनमात्रै पेश भएको बताए ।
आजको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन निर्देशिकासम्बन्धी प्रस्ताव, उपसभापति तथा समायोजन समितिका संयोजक विमलेन्द्र निधिले समायोजन सम्बन्धी प्रतिवेदन र क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले क्रियाशील छानबिन समितिको प्रतिवेदन पेश गरेका छन् । लेखकको प्रतिवेदनमाथि प्रतिवेदनमाथि देउवा पक्षकै आनन्द ढुंगाना र पौडेल पक्षका कल्याण गुरुङले फरक मत राखेका छन् ।
यसै प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा राख्न सुरु भएको र बैठक केही दिन जारी रहने प्रवक्ता शर्माको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ
-
प्रमुख प्रशासकीय अधिकृत मेहतालाई विराटनगर महानगरमा हाजिर गर्न नदिइने
-
निसानको ३ दिने ‘प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्प’ देशभरका १६ वटा चेकपोइन्टहरूमा सुरू