थप ३२६० जनामा कोरोना संक्रमण पुष्टि, ३२ को मृत्यु
बिहीबार, २८ साउन २०७८, १७ : २२

पछिल्लो २४ घण्टामा नेपालमा थप ३२६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा ३२ जनाले ज्यान गुमाएका छन् भने २२९४ जना संक्रमणमुक्त भएका छन् ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख २५ हजार ७६९ जना पुगेको छ भने एन्टिजेन विधिबाट ७२ हजार ८८२ जना पुगेको छ । संक्रमितमध्ये ६ लाख ७७ हजार ३७७ संक्रमणमुक्त भएका छन् भने १० हजार २१२ जनाको मृत्यु भएको छ ।
हाल कोरोना निको हुने दर ९३.३ प्रतिशत रहेको छ भने देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार १८० रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म