बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंमा जिल्ला प्रशासन कार्यालयको अनुगमन तीव्र

बिहीबार, २८ साउन २०७८, १६ : ५३
बिहीबार, २८ साउन २०७८

काठमाडौं जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणले मास्क लगाए–नलगाएको अनुगमनलाई तिव्रता दिएको छ ।  नेपाल सरकारले व्यक्तिगत रुपमा मास्क लगाउन प्रोत्साहित गर्न देशैभरी ‘तपाइँको मास्क खोइ ?’ भन्ने अभियान चलाए सँगै प्रशासन कार्यालयले मास्कको प्रयोगमा अनुगमन गरेको हो । काठमाडौंको मुख्य–मुख्य चोकमा बाटोमा हिँड्नेदेखि सार्वजनिक सवारी साधनमा रहेका व्यक्तिहरुले मास्क लगाए, नलगाएको अनुगमन गरिरहेको छ ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको नेतृत्वमा निरन्तर अनुगमन भइरहेको छ । मास्कको प्रयोग उचित ढंगले नगर्ने, गुणस्तरको प्रयोग नगर्ने, सकेसम्म प्रयोग नै नगर्ने चलनले जोखिम बढाएको गुनासो आउन थालेको सहायक प्रजिअ अधिकारीले बताए । काठमाडौं जिल्ला प्रशासन कार्यालयले मानिसको भीडभाड हुने सबै क्षेत्रमा निरन्तर अनुगमन गर्ने उनले बताए ।

अहिले संक्रमणदर बढ्दै गएसँगै आम मानिसले लापरवाही पनि गर्न थालेकाले निषेधाज्ञा थप गर्नुपरेको उपत्यका प्रशासनले जनाएको छ । यसरी लापरबाही बढ्दै गए पुनः कडा निषेधाज्ञामा जान बाध्य हुने प्रति प्रशासनले सचेत पनि गराएको छ । यससँगै काठमाडौंको ३ वटै जिल्लामा आजदेखि ८ बजेपछि अत्यावश्यक सेवा बाहेक सबैलाई हिँडडुल/आवतजावतमा रोक लगाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप