शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ध्यानाकर्षणपत्र बुझाउन पुगेका टोलीलाई ‘जस लिन नखोज’ भन्दै देउवाले हकारे

बिहीबार, २८ साउन २०७८, १६ : ३४
बिहीबार, २८ साउन २०७८

‘सबल काँग्रेस निर्माणका लागि युवा अभियान’ले प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण बुझाउँदै महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्न माग गरेका छन् ।

महाधिवेशनको समय सीमाको अन्तिम क्षणमा पुगिसक्दा पनि क्रियाशील सदस्यता छानविन गरी अन्तिम रुप दिन नसक्नुले नेतृत्वको महाधिवेशनप्रतिको प्रतिवद्धता र नियतमाथि प्रश्न उठ्न थालेको भन्दै उनीहरुले क्रियाशील सदस्यता विवादकै बीच विभिन्न जिल्लाका कार्यकर्ता पार्टीको केन्द्रीय कार्यालयमा धर्ना र अनसनमा बसिरहेको परिस्थितिप्रति पनि ध्यानाकर्षण गराएका छन् ।

ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘विधिवत् रुपमा महाधिवेशन सम्पन्न नहुने, नेविसंघ, तरुण दल लगायत भ्रातृ एवं शुभेच्छुक संस्थाहरुको पूर्णता र महाधिवेशन पनि वर्षौँदेखि नगर्ने हो भने नेपाली काँग्रेसको लोकतान्त्रिक छविलाई जनस्तरमा कायम राख्न र नयाँ पुस्ताको ऊर्जा अभिप्रेरित गर्न नसकी आगामी निर्वाचनमा पार्टीको पक्षमा जनमत निर्माण गर्ने संयन्त्र निष्प्रभावी रहने हुँदा संकटबाट लोकतन्त्र र काँग्रेसलाई जोगाउन सम्पूर्ण पुस्ताको सहभागितासहितको महाधिवेशन सुनिश्चित गरियोस् ।’

दीपक भट्टराई, रञ्जित कर्ण, शिव रिमालसहितका युवा नेताको टोलीको ध्यानाकर्षणपत्र सुनेपछि सभापति देउवाले ‘हल्ला नगर’ भन्दै हकारेर फर्काएका छन् ।

‘मैले महाधिवेशन गर्ने भइसकेपछि तिमीहरु जस लिन आएका हौ,’ देउवालाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘ठिक छ, महाधिवेशन हुन्छ । महाधिवेशनको तयारी भइरहेको अवस्था छ । हल्ला नगर ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप