ध्यानाकर्षणपत्र बुझाउन पुगेका टोलीलाई ‘जस लिन नखोज’ भन्दै देउवाले हकारे
‘सबल काँग्रेस निर्माणका लागि युवा अभियान’ले प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण बुझाउँदै महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्न माग गरेका छन् ।
महाधिवेशनको समय सीमाको अन्तिम क्षणमा पुगिसक्दा पनि क्रियाशील सदस्यता छानविन गरी अन्तिम रुप दिन नसक्नुले नेतृत्वको महाधिवेशनप्रतिको प्रतिवद्धता र नियतमाथि प्रश्न उठ्न थालेको भन्दै उनीहरुले क्रियाशील सदस्यता विवादकै बीच विभिन्न जिल्लाका कार्यकर्ता पार्टीको केन्द्रीय कार्यालयमा धर्ना र अनसनमा बसिरहेको परिस्थितिप्रति पनि ध्यानाकर्षण गराएका छन् ।
ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘विधिवत् रुपमा महाधिवेशन सम्पन्न नहुने, नेविसंघ, तरुण दल लगायत भ्रातृ एवं शुभेच्छुक संस्थाहरुको पूर्णता र महाधिवेशन पनि वर्षौँदेखि नगर्ने हो भने नेपाली काँग्रेसको लोकतान्त्रिक छविलाई जनस्तरमा कायम राख्न र नयाँ पुस्ताको ऊर्जा अभिप्रेरित गर्न नसकी आगामी निर्वाचनमा पार्टीको पक्षमा जनमत निर्माण गर्ने संयन्त्र निष्प्रभावी रहने हुँदा संकटबाट लोकतन्त्र र काँग्रेसलाई जोगाउन सम्पूर्ण पुस्ताको सहभागितासहितको महाधिवेशन सुनिश्चित गरियोस् ।’
दीपक भट्टराई, रञ्जित कर्ण, शिव रिमालसहितका युवा नेताको टोलीको ध्यानाकर्षणपत्र सुनेपछि सभापति देउवाले ‘हल्ला नगर’ भन्दै हकारेर फर्काएका छन् ।
‘मैले महाधिवेशन गर्ने भइसकेपछि तिमीहरु जस लिन आएका हौ,’ देउवालाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘ठिक छ, महाधिवेशन हुन्छ । महाधिवेशनको तयारी भइरहेको अवस्था छ । हल्ला नगर ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण